बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा चर्को शूल्क, सस्तो सेवा

मंगलवार , जेठ १०, २०७९

सिन्धुलीमा शुक्रबार हावाहुरीले झण्डै ५० बढी घरहरुमा क्षति पु¥यायो । हावाहुरीले पोल ढल्दा जिल्लाका अधिकांश स्थानिय तहमा संचारमाध्यम अवरुद्ध भएको छ । सरकारी स्वमित्वमा रहेको नेपाल टेलिकम र निजी सेवा प्रदायक ऐनसेलको नेटवर्कमा समस्या देखिएको छ जसका कारण स्थानिय तीन दिनदेखि इन्टनेट सुविधाबाट वञ्चित भएका छन् । केही पोलहरुमा क्षति भएपनि जिल्लाका इन्टरनेट प्रदायकले यथाशिघ्र मर्मत गर्न भने कञ्जुस्याँई गरेको छ । प्राकृतिक प्रकोपले मात्र नभएर अन्य सामान्य दिनहरुमा पनि शुल्क अनुसारको गतिमा इन्टरनेट नचलेको, मर्मतमा ढिलाई गरेको र ग्राहकको समस्यालाई नगरअन्नाज गरेको गुनासो आइरहेको छ ।

सिन्धुलीका इन्टरनेट प्रदायकले ‘बिजनेस इथिक्स’ नै बिर्सेर सेवाग्राहीलाई पर्याप्त सुविधा नदिई त्यसैमा सन्तुष्ट हुन बाध्य बनाइरहेका छन् । इन्टरनेट प्रदायकको ‘खाए खा, नखाए ...’ प्रवृद्धि भएपनि सेवाग्राही निजी इन्टरनेट प्रदायकलाई छोडेर सरकारी स्वामित्वमा रहेको नेपाल दुरसंचार प्राधिकरणको इन्टरनेट सुविधा लिन आकर्षित छैनन् । प्रचारप्रसारको कमि र सुस्त सेवाका कारण कम शुल्क भएपनि सरकारी संस्थामा नागरिक आकर्षित हुन सकेका छैनन् । तसर्थ, सरकारी संस्थालाई बलियो बनाउन र निजी संस्थालाई लगानीको लागि प्रोत्साहन गर्दै स्वच्छ बजार निर्माणकालागि सरोकारवाला निकायले आवाज उठाउन जरुरी छ ।

जिल्लामा पछिल्लो केहि दिनयता विद्युत कटौति बढेको छ । विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका कर्मचारी दिनरात सेवा सुचारु गर्न खटिइरहेका छन् । तर, नेतृत्वनै समस्याको समाधान र सहजिकरणमा मौन बसेपछि नागरिकले सास्ती भोग्नुपरिरहेको छ । तसर्थ, विद्युतको मर्मत र यथाशिघ्र जिल्लाका सबै स्थानिय तहमा सेवा सुचारुकालागि प्राधिकरणले थप जनशक्ति खटाउन लोभ गर्नु हुदैँन ।

जिल्लामा सेवा क्षेत्र व्यवस्थित नभएको नागरिकले गुनासो गरेका छन् । स्थानिय तहसम्म नागरिकको गुनासो बढ्दो छ । तसर्थ, जिल्लाको सेवा क्षेत्रलाई व्यवस्थित बनाउन सम्बन्धित संस्थाको नेतृत्व चनाखो हुन जरुरी छ । त्यसैगरी, जिल्ला प्रशासन र स्थानिय तहले उपभोक्ता हितको संरक्षण गर्न थप निगरानि बढाउनुपर्दछ । नियमनकारी निकायको मौनताले उपभोक्ताको अधिकार दब्बिने हुँदा कानुनि डण्डा र पुरस्कारको व्यवस्था गर्नतर्फ जिम्मेवार पक्ष गम्भिर हुन जरुरी छ ।

प्रतिक्रिया