सिन्धुलीमा दर्जन बढि बैंकको शाखा संचालनमा रहेको छ । जिल्लाको सदरमुकामस्थित सिन्धुलीमाढीमा संचालित सरकारी तथा निजी बैंकहरुले विभिन्न सुविधाहरु दिदैँ आइरहेको छ । तर, अन्य पालिकामा भने एटिएमको सुविधा दिन पनि बैंकले कञ्जुस्याँई गरेको छ । जिल्लाको मरिण, हरिहरपुरगढी लगायत अधिकांश स्थानिय तहमा एटिएमको सुविधा छैन । एटिएमको सुविधा नहुँदा ग्राहकले अन्य माध्यमको प्रयोग गर्न बाध्य छन् । ग्राहक बढाउन घरघरनै कर्मचारी पठाउने बैंकहरुले सामान्य सुविधा थप्न भने कञ्जुस्याईँ गरेका छन् । जिल्लामा संचालित बैंकहरुले मनग्य आम्दानि गरिरहेका छन् ।
राष्ट्र बैंकले हरेक पालिकामा बैंकिङ सुविधाको पहँुच बढाउन विभिन्न निति ल्याएको छ । जसअनुसार जिल्लाका पालिकाहरुमा बैंक पुगेकोत छ तर पर्याप्त सुविधा नहुँदा ग्राहक असन्तुष्ट छन् । सरकारी बै्रकले नै एटिएमको सुविधा दिन नसक्नु ग्राहकलाई दुख दिने ध्येय हो । तसर्थ, जिल्लामा संचालित बैंकहरुले सदरमुकाम केन्द्रित सुविधा थप्न प्राथमिकता दिने भन्दा पनि भित्रि ठाउँहरुमा सुविधा थप्नतर्फ केन्द्रित हुन जरुरी छ ।
जिल्लामा संचालित बैंकहरुले ग्राहकको सेवासुविधामा ध्यान नदिएको गुनासो बढ्दो छ । मुख्यतः एटिएम मर्मतमै बैंकहरुले कञ्जुस्याईँ गर्ने गरेका छन् । तसर्थ, बैंकले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर सेवासुविधा विस्तार गर्न जरुरी छ ।