बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

मिलेर अघि बढ

शनिवार , जेठ ७, २०७९

सिन्धुलीका नौवटै पालिका र ७९ वडामा नेतृत्व चयन भएको छ । स्थानिय तह चुनाव २०७९ अन्तर्गत सिन्धुलीमा गठबन्धनले ७ पालिका प्रमुखमा जित हासिल गरेको छ भने नेकपा एमालेले दुई सिटमा चित्त बुझाउनुपरेको छ । पाँच वर्षकालागि निर्वाचित जनप्रतिनिधिको एजेन्डालाई मन पराएर जनताले अमुल्य मत दिएका छन् । फरकफरक पार्टीबाट नेतृत्वमा पुगेपनि नागरिकले जनप्रतिनिधि एक्यबद्ध भएर जिल्लाको विकास र समृद्धिकालागि योगदान दिएको हेर्न चाहेका छन् । स्थानिय तह संचालनकालागि विभिन्न चुनौतिहरु छन् । तर, जनप्रतिनिधिले चुनौतिलाई अवसरका रुपमा बदल्ने आँट गर्नुपर्छ । आफ्नो निर्वाचन क्षेत्रको विकासकालागि सबै दलका निर्वाचित पदाधिकारीहरुले एक्यबद्ध भएर अघि बढ्न आवश्यक छ । चुनावको समयमा जिल्लामा दलहरुका नेता तथा कार्यकर्ताबिच झगडा नभएको पनि होइन ।

तर, जनताले आफ्नो अमूल्य मत दिएर निर्वाचित गराइसकेको अवस्थामा विगतका मनमुटावलाई चिर्दै समुन्नति र विकासमा समय खर्चनतर्फ जनप्रतिनिधि केन्द्रित हुनुपर्दछ । जिल्लाका नौवटै स्थानिय तहको आ–आफ्नो विशेषता छ । कुनै स्थानिय तह प्राकृति सम्पदाले भरिपुर्ण छ भने कुनै पुर्वाधारले गर्दा विकसित भएको छ । तसर्थ, जनप्रतिनिधिले आफ्नो क्षेत्रमा देखिएका समस्या र संभावनालाई पहिचान गर्दै नागरिकको जितमा काम गर्न जरुरी छ । स्थानिय तहमा कार्यकारी नेतृत्व हुन्छ । स्थानिय तहको विकासमा केन्द्रिय वा प्रदेश सरकारको हस्तक्षेप हुदैँन । त्यसैले पनि जिल्लाका जनप्रतिनिधिहरुले हातमा हात मिलाएर विकासकालागि योग्दानि दिन जरुरी छ । अतः जिल्लाको विकास र समृद्धिकालागि स्थानिय तहमा विभिन्न दलबाट निर्वाचित सदस्यहरुबिच एक्यबद्धता आवश्यक छ ।

प्रतिक्रिया