बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा गठबन्धन दलबीच सहमती

बिहिवार , बैशाख ८, २०७९

सिन्धुली– सिन्धुलीमा गठबन्धन दलहरुबीच गाउ“पालिका तथा नगरपालिका बाडफा“टमा बिहीबार सहमती जुटेको छ । वडातहमा भने अझै सहमती नजुटेपछि गाउ“ तथा नगरपालिका समितिलाइ दुइदिनको समयसिमा दिएर बाडफा“ट मिलाउन भनिएको छ । यहा“ ७९ वडाहरु रहेका छन् । गठबन्धन आवद्ध काँग्रेसले एक नगर र चार गाउ“पालिका तथा माओवादी केन्द्रले एक नगर र तीनगाउ“पालिकामा नेतृत्व लिने गरि सहमती भएको छ । गठनबन्धनका अन्य दलहरु भने बैठकमा सहभागी भएनन् ।

गठबन्धनमा आवद्ध एकीकृत समाजवादी र जनता समाजवादीलाइ क्रमश जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख दिने सहमती भएको गठबन्धन दल माओवादी केन्द्रा सिन्धुलीका इन्र्चाज एवं वाग्मती प्रदेस सदस्य लेखनाथ दाहाल (राजन) ले जानकारी दिनु भयो । सबै स्थानीय तहमा गठबन्धन दलका सहयात्री दलहरुलाइ समेट्ने गरि निर्णय भएको उहाँको भनाइ छ । बैठकको निर्णयमा भने एकीकृत समाजवादी र जनता समाजवादीको हस्ताक्षर छैन् । वडातहमा मित्रवत प्रतिस्पर्धा हु“दा अर्को पक्षले जित्ने अवस्था सिर्जना भएमा कमजोर देखिएका उम्मेदवारलाइ मैदान खाली गर्न लगाएर गठबन्धनकै जित हात पार्ने छौं, जिल्ला इन्र्चाज दाहालले भन्नु भयो, “गठबन्धन बाहेक अर्कोले जित्ने अवस्था आउन दिंदैनौं ।”

बाडफा“टमा काँग्रेसलाई कमलामाई नगरपालिका, गोलन्जोर, तीनपाटन, फिक्कल र घ्याङलेख गाउ“पालिका तथा माओवादी केन्द्रलाइ दुधौली नगरपालिका, हरिहरपुरगढी, मरिण र सुनकोसी गाउ“पालिकाको नेतृत्व भागमा परेको छ । ती सबै पालिकामा काँग्रेस प्रमुख भएकोमा माओवादी उपप्रमुख र माओवादी प्रमुख भएकोमा काँग्रेसले उपप्रमुख पाएका छन् । वडातहमा गठबन्धन दलमा सहमती नजुटेपछि पुःन पालिकाहरुलाइ नै जिम्मेबारी फर्काइएको छ ।

गाउ“ तथा नगरपालिकाको अधिकार कटौती नगर्ने मनसायले वडातहको गठबन्धन गर्ने अधिकार प्रदान गरिएको काँग्रेस सभापति उपेन्द्र पोखरेलले बताउनु भयो । यदि वडा तहमा नमिलेको खण्डमा मित्रवत प्रतिस्पर्धा गर्ने उहाँको भनाइ छ । मनोनयन दर्ताको दिनसम्म बाडफा“टमा सहमती जुटाउने प्रयास रहन्छ, उहाँले भन्नु भयो, “मिलेन र मित्रवत प्रतिस्पर्धा हुने भएमा एउटै मञ्चबाट मत माग्ने गरि सहमती हुन्छ ।” शनिबार भित्रमा पालिकास्तरबाट वडातहमा गठबन्धन गरि पठाउन जिल्लाको संयन्त्रले निर्देश गरेको छ ।

गठबन्धन बैठकमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता हरिबोल गजुरेल, पूर्व सांसद मोहन बराल, काँग्रेस निवर्तमान सभापति उज्ज्वल बराल, लगाएतले वडातहसम्म नै गठबन्धनको प्रयास जारी रहने जनाउनु भयो ।

प्रतिक्रिया