बिहिबार सिन्धुलीमा सडक दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्लाको कमलामाई नगरपालिका ६ स्थित राम्माडीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किदा पैदलयात्री सहित ३ जना घाइते भएको प्रहरीले जनाएको छ । कनपा ६ ढुंग्रेबासबाट कनपा ७ तर्फ जादैँ गरेको प्रदेश २–०४–००१ प ३२४५ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आएको प्रदेश–२–०२–००४ प ८२३४ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा मोटरसाइकल चालक लिला दाहाल मध्यम घाइते रहेको सिन्धुली प्रहरीले जानकारी दिएको छ । उनको सिन्धुली अस्पतालमा उपचार पश्चात काठमाडौँ रिफर गरिएको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।
त्यस्तै, स्कुटर चालक मरिण गाउँपालिकाका २४ वर्षिया विष्णु बहादुर थापा मगर र पैदलयात्री बाँकेका २७ वर्षिया विकास थिङ सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।