शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दियो, हेलिबाट काठमाडौँ लग्ने तयारी

आइतवार , बैशाख ४, २०७९

सिन्धुलीको कमलामाई नगरपालिका ११ स्थित फालचुरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा दुईजना घाइते भएका छन् । आइतबार बिहान ७ बजेको समयमा प्रदेश–२ ०२–००१ ख ०४८९ नम्बरको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा कमलामाई नगरपालिका ६ का शान्ति दाहाल गम्भिर घाइते भएका छन् भने मोटरसाइकलमा सवार सोहि स्थानका दमन काफ्ले मध्यम घाइते रहेको प्रहरीले जनाएको छ । ट्यांकरले ले प्रदेश–२ ०२–००२ प ४१४७ नम्बरको मोरसाइकललाई ठक्कर दिँदा दाहालको करङ भाँचिएको जिल्ला अस्पतालले जानकारी दिएको छ । उनको थप उपचारकालागि हेलिकोप्टर मार्फत काठमाडौँ लग्ने तयारी गरिएको छ । प्रहरीले ट्यांकर र ट्यांकर चालक सुशिल माझीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया