सिन्धुली– नेकपा माओवादी केन्द्र सिन्धुली वैशाक ३० गते हुने स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी वन्ने स्पष्ट भएको छ । दुई नगरपालीका र सात गाउँपालीका मध्ये माओवादी केन्द्र सिन्धुलीले एक्लै पाँच वटा स्थानिय तहमा चुनाव जित्ने देखिन्छ । जिल्लाको नौँ स्थानिय तहको ७९ वडा मध्ये माओवादी केन्द्रले एक्लै ३९ वडा जित्ने योजना वनाएको छ ।
सिन्धुलीको मरिण गाँउपालीकामा एमाले र नेपाली काँग्रेसले गठवन्धन गरे पनि माओवादी केन्द्रले एक्लै ७ वटै वडा सहित चुनाव जित्ने छ । यस्तै हरिहरपुरगढी गाँउपालीकामा पनि मरिण गाँउपालीका जस्तै नेपाली काँग्रेस र एमाले एक भएर चुनावी तालमेल गरे पनि माओवादी केन्द्रले एक्लै ८ वटै वडा सहित अध्यक्ष,उपाध्यक्षले चुनाव जित्ने छन् ।
यस्तै सुनकोशी गाँउपालीकामा माओवादी केन्द्रले एक्लै चुनाव जित्ने छ । सात वटा वडा रहेको सुनकोशी गाँउपालीकामा २,४,५र ६ चारवटा वडा सहित गाँउपालीका अध्यक्ष र उपाध्यक्ष एक्लै माओवादी केन्द्रले जित्ने देखिन्छ ।
दुधौली नगरपालीकामा माओवादी केन्द्र शसक्त वनेको छ । त्यहाँ मेयर र उपमेयर माओवादी केन्द्रले एक्लै जित्ने छ । १४ वटा वडा भएको दुधौली नगरपालीकामा माओावादी केन्द्रले ७ वटा ६,८,९,११,१२,१३,१४ एक्लै जित्ने देखिन्छ । यहाँ माधव नेपालले नेतृत्व गरेको नेकपा समाजवादीको पनि उपस्थिती राम्रै छ ।
घ्याङलेख गाँउपालीका पनि माओवादी केन्द्रले एक्लै चुनाव जित्ने दाउमा छ । यस अघि थोरै मतले त्यहाँ माओावादीले चुनाव हारेको थियो । ५ वटा वडा रहेको घ्याङलेख गाँउपालीमा माओवादी केन्द्रले वडा नम्वर १,४ र ५ जित्ने छ । ३ वटा वडा जिते पछि माओवादी्रले गाँउपालीका अध्यक्ष र उपाध्यक्ष सजिल्यै जित्ने देखिन्छ ।
सिन्धुलीको सदरमकाममा रहेको कमलामाई नगरपालीकामा माओवादी केन्द्र तेश्रो पोजीशनमा रहेको छ । १४ वडा रहेको कमलामाई नगरपालीकामा माओवादी केन्द्रले वडा नम्वर २,१० र १४ सहित तिन वटा वडा जित्ने देखिन्छ । यहाँ पहिलो एमाले,दोश्रो नेपाली काँग्रेस रहेका छन् ।
यसै गरी फिक्कल गाँउपालीमामा माओावादी केन्द्रको अवस्था तेश्रो नै हो । ६ वडा रहेको फिक्कल गाँउपालीकामा माओावादीले वडा नम्वर १ मात्रै एक्लै जित्न सक्ने छ । यहाँ एमाले पहिलो दोश्रो नेपाली काँग्रेस रहेको छ ।
सात वटा वडा रहेको गोलन्जोर गाँउपालीकामा माओवादी केन्द्र हालको पोजीशन दोश्रो रहेको छ । वडा नम्वर ५ र ७ मा राम्रो उपस्थिती जनाउन सके माओावादी केन्द्रले वैशाक ३० हुने स्थानिय तहको निर्वाचन वाजी मार्न सक्ने छ । यहाँ माओवादी केन्द्रले वडा नम्वर १,३ र ६ नम्वर वडा जित्ने छन् । यस गाँउपालीकाको पहिलो पाटी नेपाली काँग्रेस हो ।
तिनपाटन गाँउपालीकामा माओवादी केन्द्रको पोजीशन तेश्रो रहेको छ । ११ वटा वडा रहेको तिनपाटन गाँउपालीकामा माओवादी केन्द्रले एक्लै वडा नम्वर ५,९ र १० नम्वर तिन वडा मात्रै जित्न सक्छ । यहाँ पहिलो एमाले र दोश्रो पाटी नेपाली काँग्रेस नै हो ।