बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बिचौलिया लाई गुहार्ने बाध्यता सिर्जना नगर

बुधवार , चैत्र १६, २०७८

करदाता सेवा कार्यालय सिन्धुलीमा शेवाग्राहीलेहरूले सहजै सेवा नपाएपछि बिचौलिया गुहार्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भईरहेको गुनासो बढ्दो छ । प्रक्रियागत रूपमा काम नभएपछि शेवाग्राहीहरू अतिरिक्त शुल्क तिरेर सरकारी सेवा लिईरहेका छन् । कर्मचारीले सेवाग्राहीको समस्यै नसुनि पन्छिने गरेको गुनासो बढिरहेको छ । सेवाग्राहीले प्रक्रिया पुरा गरेर कागजात पेश गर्दा काम नहुने र बिचौलियाले भने सोहि काम र प्रक्रिया अपनाएर छिनभरमै काम गर्दिने गरेको तथ्य फेला परेको छ ।

उपभोक्ताले तिरेको राजश्व सिस्टममा इन्ट्रि नगर्ने र उल्टै उपभोक्तासँगै अतिरक्त शुल्क लिन खोज्ने तथ्य फेला परेपछि करदाता सेवा कार्यालयको सेवा प्रवाह र कर्मचारीको बदनियत स्पष्ट देखिएको छ । तसर्थ, कर्मचारीबाट सेवाग्राहीले पाएको दुःख, असन्तुष्टि र अतिरक्त शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न करदाता कार्यालयले निगरानि बढाउन आवश्यक छ । त्यसैगिर, सेवाग्राहिलाई कार्यालयको सेवा लिन कुनै पनि असुविधा नहोस् भनेर नागरिक सहायता कक्षलाई प्रभावकारी ढंगबाट संचालनमा ल्याउन सम्बन्धित निकाय चनाखो हुन जरूरी छ ।

कार्यालय आसपास सेवाग्राहीको सहजिकरणकालागी बसेका अडिट फर्महरूको काम छिट्टै गर्दिने र कार्यालयका कर्मचारीले नागरिकलाई विभिन्न बहानामा अल्झाउने काम भईरहेको करदाताहरूले व्यापक गुनासो गरिरहेका छन् । तसर्थ, करदाताको बढ्दो असन्तुष्टि र बिचौलियाप्रति कार्यालयको उदारता कम गर्न सम्बन्धित निकायले सुधारात्मक कदम चाल्न जरूरी छ । अतः नागरिकलाई बिचौलियाको सहयोग नचाहिने वातावरण सिर्जना गर्न करदाता सेवा कार्यालयलेनै तदारूकता देखाउन जरूरी छ ।

प्रतिक्रिया