बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा बजेटको सदुपयोग गर

मंगलवार , चैत्र १५, २०७८

सुक्खा मौसम शुरू भएसँगै सिन्धुली लगायत देशभरका जंगलमा डढेलो लाग्न शुरू भईसकेको छ । घाँसको लोभमा गोठालो तथा घाँसीले आगो लगाईदिदा पुरै जंगल डढेलोले सखाप हुने गरेको छ । पातपतिंगरमा सानो झिल्कोले भेट्दा पनि आगो सल्किएर वनमा डढेलो लाग्ने गरेको छ । जिल्लाको चुरे तथा महाभारत क्षेत्रमा बर्सेनि डढेलोले वन सखाप बनाईरहेको छ । सुख्खा मौसम लागेसँगै वन छेउछाउको वस्तिमा त्रास छाएको छ ।

रूखमा नयाँ पालुवा पलाउनु अघि पत्ता सुकेर झर्ने गर्दछ । सो पत्तामा सानो झिल्कोले भेट्दा सल्किएर आगोले पुरै वन घेर्ने गरेको छ । मानविय त्रुटिका कारण वर्षेनि सिन्धुलीका जंगलमा पाईने जडिबुटि, वनस्पति र जिवजन्तुलाई प्रत्यक्ष असर गरिरहको छ । जिल्लामा रहेका दुईवटा डिभिजन वन कार्यालयले बर्सेनि वन डढेलो रोकथाम र नियन्त्रणकालागी लाखौँ बजेट खर्च गर्छ । तर, उक्त बजेटको उपयोगिताका बारेमा प्रश्न उब्जिने गरेको छ । घाँस र चेतनको कमिका कारण हरेक वर्ष सिन्धुलीका जंगलमा आगलागी हुने गरेको छ । सरकारी निकायले उपभोक्ताको चेतना बढाउने भन्दा भनी कर्मचारीलाई मात्र सहभागी गराएर कार्यक्रम गरिरहेका छन् ।

डढेलो लाग्न नदिन के कस्ता सावधानि अपाउने भन्ने उपभोक्ताहरूमा पर्याप्त ज्ञान छैन । जसका कारण सानो आगो नियन्त्रण गर्न नसक्दा पुरै जंगलमा आगलागी हुने गरेको छ । तसर्थ, वन कार्यालयले आगलागी नियन्त्रणका लागि चेतनामुलक कार्यक्रम संचालन गर्न जरूरी छ ।त्यसैगरि, स्थानिय तहले पनि आगलागी नियन्त्रणकालागी वरूणयन्त्र तयारी अवस्थामा राख्न ढिलाई गर्नुहुदैँन । किसानलाई घाँस उपलब्ध गराउन सके वनमा आगो लगाउने चलन घट्ने उपभोक्ताहरूको सझाव छ । त्यसैगिर, जिल्ला भरका ५५० सामुदायिक वनका पदाधिकारीसँग छलफल गरि के कसरि डढेला नियन्त्रण लाग्नबाट वन जोगाउन सकिन्छ भनेर बृहत् छलफल र अन्तरक्रियाको आवश्यकता छ । अतः जिल्लाका जंगलमा डढेलो लाग्न थालिसकेको हुँदा आवश्यक तयारीमा जुट्न सरोकारवाला निकाय चनाखो हुनुपर्दछ ।

प्रतिक्रिया