सिन्धुली– सिन्धुलीमा प्रहरीले बन पैदावार हानि नोक्सानी मुद्धामा सात वर्ष देखि फरार रहेका व्यक्ति पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले बिना ईजाजत बन पैदावार हानि नोक्सानी गरेको मुद्दामा सात वर्ष देखि फरार रहेका दुधौली नगरपालिका १ का ६० वर्षिय बल बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठलाई जिल्ला अदालतको ०७१ बैशाख १४ गतेको फैसला (लगत नं.४७३) ले ०।३।० कैद सजाय फैसला गरेको थियो । सजाय नभोगि फरार रहेका श्रेष्ठ लाई खोज तलास गर्दै जाँदा दुधौली नगरपालिका वडा नं.१ स्थित निजकै घर अगाडी बाटोमा हिडीरहेको अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई तत्काल पक्राउ गरी आवश्यक कारवाहीको लागि बुधबारनै जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको छ ।