स्थानिय सरकार आएपछि सिन्धुलीका सबै स्थानिय तहमा सडक पुगेको छ । नयाँ ट्रयाक खोल्ने देखि कालोपत्रे र सडक स्तरोन्नतिका कामहरु धमाधम भइरहेको छ । तर, अनुगमन नहुँदा सडकको गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको छ । योजना अनुगमनको नाममा लाखौँ बजेट विनियोजित भएपनि गुणस्तरहिन कामलाई स्वीकृति दिने गरिएको छ । स्थानिय सरकारको मातहतमा रहेको अनुगमन समितिले पुर्वाधार निर्माणको अनुगमन नगरेको होइन । तर, जनप्रतिनिधिले काम चलाउनका लागि अनुगमन गरेको भन्दै स्थानियले बारम्बार गुनासो गर्दै आएका छन् । इन्जिनियरले ठेकेदारको लापर्वाही र कामको गुणस्तरीयतामा प्रश्न नउठाउने र जनप्रतिनिधिपनि सो विषयमा अनविज्ञ हुँदा गुणस्तरहिन कामले प्रोत्साहन पाइरहेको छ । तसर्थ, गुणस्तरीय अनुगमनलाई प्राथमिकतामा राखेर स्थानिय सरकारले बाँकीको अवधि व्यतित गर्न सक्नुपर्छ ।
गुणस्तरहिन कामको नतिजा सडकमा देखिन सकिन्छ । कालोपत्रे उप्कने देखि खाल्डाखुल्डिले गर्दा सिन्धुलीवासिले हैरानि खेप्नुपरेको छ । सडकको स्तरोन्नति नभएकाले दुर्घटनाको जोखिम बढेको छ । तसर्थ, यी सबै पक्षलाई मध्यनजर गर्दै यथाशिघ्र सडक स्तरोन्नतिकालागि स्थानिय सरकारले पहल कदमी चाल्नुपर्छ ।