बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

आफू रमाऔँ, अरुलाई जबर्जस्ती नगरौँ

बिहिवार , चैत्र ३, २०७८

आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । होलीमा रङ र अबिर आपसमा छ्याप्ने गरिए पनि अहिले पानी बढी प्रयोग हुने गरेको छ । होलीमा मादक पदार्थ सेवन गरि दुर्घट्ना हुने क्रमपनि वर्सेनि बढिरहेको छ । होली खेल्दा हुने आपराधिक घटना तथा दुर्घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना चलाएको छ । तर, आफू स्वयं सतर्क नभएसम्म प्रहरी वा अन्य कुनै संयन्त्रले जस्तोसुकै कार्यक्रम चलाएपनि दुर्घट्ना नहोला भन्न सकिन्न । तसर्थ, असत्यमाथि सत्यको जित भएको अवसरमा सबैले सवाधानिपुर्वक हर्षोल्लासका साथ होली मनाउनुपर्दछ । त्यसैगरि, अरुलाई जर्बजस्ती रङ दल्ने, मादक पदार्थ सेवन गर्दै पर्व मनाउने, होहल्ला गर्ने लगायत शान्ति सुरक्षा खलल् गर्ने गतिविधि कसैले गर्नुहुदैँन ।

सिन्धुलीमा विगतका वर्षमा होलीको दिनमा दुर्घटना भएको थियो । सामान्य दिन भन्दा होलीको अवसरमा दुर्घटनामा वृद्धि हुने गरेको छ । तसर्थ, होलीको अवसरमा कुनै पनि अप्रिय घट्ना हुन नदिनकालागि स्वयं नागरिक सचेत हुन जरुरी छ । होली पर्वको सबैलाई शुभकामना !

प्रतिक्रिया