बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

अपुरा कामलाई पुर्णता देऊ

मंगलवार , फाल्गुण २४, २०७८

स्थानिय तह अन्तर्गत जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिनकालागि अब केहि महिनामात्र बाँकि छ । आगामी वैशाख ३० गते निर्वाचन आयोगले चुनाव तोकेसँगे स्थानिय तहका जनप्रतिनिधिहरुले केहि दिनमै स्वतः राजिनामा दिने भएका छन् । जनप्रतिनिधिले चुनावको बेला नागरिकसँग गरेको प्रतिबद्धता पुरा गर्न अझै धेरै काम बाँकी छ । घोषणापत्रमा उल्लेख गरे अनुसारको पर्याप्त काम भएको छैन । तर, जनप्रतिनिधिहरु अन्तिम महिनामा योजनाहरु ल्याएर नागरिकसँग मत माग्न तयार देखिएका छन् । पाँच वर्षे कार्यकालमा नभएका कामहरु अन्तिम समयमा गर्न खोजिदैँछ ।

जनप्रतिनिधिले आगामी केहि दिन आफूले घोषणा गरेका कामलाई पूर्णता दिनतर्फ जोड दिन जरुरी छ । शुरु भइसकेका कामलाई कसरी पुर्णता दिने र कुन तरिकाले काम अघि बढाउने भन्नेतर्फ जनप्रतिनिधिको ध्यान केन्द्रित हुन आवश्यक छ । अन्यथा, नयाँ काम शुरु गर्न खोजे अपुरो रहनेछ र कामको शुरुवात गरेजस्तो मात्र देखिनेछ । तसर्थ, जनप्रतिनिधिहरुले आगामी केहि दिनलाई प्रभावकारी बनाउनतर्फ अग्रसर हुन आवश्यक छ । अतः स्थानिय तह अन्तर्गतका जनप्रतिनिधिहरुले अपुरा कामलाई पुर्णता दिन आवश्यक संयन्त्रको प्रयोग गर्न कञ्जुस्याई गर्नुहुदैँन ।

प्रतिक्रिया