बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

एमसीसी ३० दिनभित्र खारेज हुन्छ :सीपी गजुरेल

शनिवार , फाल्गुण २१, २०७८

काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएको एक हप्ता बित्नै लाग्दापनि यसको विरोध जारी छ । यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले अबको तीस दिनभित्र एमसीसी खारेज हुने बताउनु भएको छ ।

उहाँले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरिएपनि यसलाई तीस दिनभित्रै खारेज गर्न सकिने बताउनु भएको हो् । सम्झौतामाझैं एमसीसी सम्झौतामा पनि ३० दिनको सूचना दिएर खारेज गर्न सकिने प्रावधान रहेकाले यसलाई खारेज गर्न सकिने बताउनु भएको हो ।

गजुरेलले एमसीसी सम्बन्धनमा श्रीलंकाले पनि संसदबाट अनुमोदन गरिसकेपछि ३० दिनभित्रै खारेज गरेको उदाहरण प्रस्तुत गर्दै त्यही अभ्यासका आधारमा सडक संघर्षको कार्यक्रम तय गरिएको पनि प्रष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, “सडकदेखि सदनसम्मको आन्दोलनले अझै पनि यसलाई चर्काउन सकियो भने व्यवहारिक रुपमै खारेज गराउन सकिन्छ भन्ने विश्वासले नै हामी संघर्षमा उत्रिएका हौं ।”

संसदबाट पारित भइसकेको विषयमा दुई मोर्चासहित ६ वटा राजनीतिक दलहरूले सस्तो लोकप्रियताका लागि आन्दोलनको घोषणा नगरेको उहाँले बताउनु भयो । देशका प्रमुख दल र नेतृत्वमै एमसीसीको विषयमा विमति रहेको र एमसीसीको विपक्षमा रहेका जनताको चाहना अनुसार सडक संघर्षमा आफूहरू रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया