शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली मरिण गाउँपालीकामा पशु पालन तथा कृषि तालिम सुरू

शनिवार , फाल्गुण २१, २०७८

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालीकामा ३ दिने पशु पालन तथा कृषि तालिम सुरू भएको छ । कृषि तथा पशु शाखाको आयोजना तथा मरिण गाउँपालीकाको आर्थिक सहयोगमा तिनदिने पशु पालन तथा कृषि तालिम सुरू भएको हो ।

गाउँपालीकाको कृषि तथा पशु शाखाको आयोजनामा मरिण गाउँपालिका २ मा व्यावसायिक प्रवद्र्वधन तालिम सुरू गरिएको वडा अध्यक्ष चन्द्रनाथ गौतमले जानकारी दिनु भयो । तालिममा वडाका ३० जना कृषक सहभागी भएका छन् । पशु पालन व्यवसाय तर्फका १५ जना र कृषिका तर्फ १५ जना सहभागी छन् ।

तालिममा सहभागिहरूलाई ब्याबसायीक बन्न र सीप विकास गर्न सहजीकरण गरिने छ । सहभागी कृषकलाई २०÷२० वटा गिरिराज कुखुरा र मौशमी तथा वेमौषमी तरकारीका बीउ विजन वितरण गरिने अध्यक्ष गौतमको भनाई छ । पालीकाका पशु तथा कृषि विज्ञहरूले सहजीकरण गर्नु भएको तालिम आइतवार सकिने छ ।

प्रतिक्रिया