बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिचाईको सुविधा विस्तारगर

शनिवार , फाल्गुण २१, २०७८

सिन्धुलीमा अधिकांश नागरिक कृषिमा आत्मानिर्भरछन् । यहाँको माटो, हावापानि र वातावरण कृषिकोलागि सुहाउदिलो भएकाले पनि कृषि क्षेत्रमा ठूलो जनसंख्या आबद्ध छन् । कृषि क्षेत्रको समग्र विकासकालागि स्थानिय सरकार देखि केन्द्रिय सरकार र विभिन्न संघसंस्थाले राहत, अनुदान र सुविधा थपको व्यवस्थाकालागि कार्यक्रमहरु संचालन गर्दै आएका छन् । जिल्लाका पहाडी स्थानिय तहमा सिचाईँको सुविधा नभएर उर्बर भुमि बाझै राख्नु परेको कृषकले गुनासो गरेका छन् । पर्याप्त पानी नहुँदा आकाशे पानीमा कृषक निर्भर हुनुपरेको छ जसका कारण बालीनाली उब्जाउन समस्या परेको छ । सिचाईको सुविधाकालागि जिल्लामा करोडौँका थुप्रै योजनाहरु संचालनमा आएका छन् । तर, अहिले पनि जिल्लाका विभिन्न स्थानिय तहमा सिचाईको सुविधा पुग्न सकेको छैन । तसर्थ, कृषि क्षेत्रको समग्र विकासकालागि स्थानिय सरकारदेखि यस क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेका संघसंस्थाले सेवासुविधा विस्तारमा जोड गर्नुपर्छ ।

कृषि क्षेत्रको विकासकालागि विभिन्न कार्यक्रमहरु संचालन नभएका होइनन् । तर, वास्तविक लक्षित समूहले भन्दा गैर लक्षित समूह राज्यको सुविधाबाट लाभान्वित भएको अवस्था छ । तसर्थ, कृषि क्षेत्रमा देखिएका यी र यस्ता स–साना देखि ठूला समस्याहरुको समाधान गर्नतर्फ सम्बन्धित निकाय चनाखो हुन आवश्यक छ । अतः जिल्लको कृषिजन्य जमिनमा सिचाईँ सुविधाको विस्तारकालागि सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ ।

प्रतिक्रिया