शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

बालिकालाई करणी गरी फरार भएका सिन्धुलीका व्यक्ति पक्राउ

शुक्रवार , फाल्गुण २०, २०७८

काठमाडौं – काठमाडौंको नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा १६ बर्षकी बालिकालाई बलत्कार गरी फरार एक जनालाई पक्राउ परेका छन । गेस्ट हाउसमा ललाई फकाई प्रलोभनमा पारी जवरजस्ती करणी गरी फरार भएको बलात्कार गरेको आरोपमा सिन्धुली तिनपाटन गाउँपालिका वडा नं. ३ हाल काठमाडाँैको न्यूरोड बस्न रोहित बि.क. पक्राउ परेका हुन ।

मंगलवार वेलुकाको समयमा १६ बर्षकी बालिकालाई बि.क.ले ललाई फकाई प्रलोभनमा पारी जवरजस्ती करणी गरी फरार भएको भन्ने सूचना यस महानगरिय अपराध महाशाखामा खटिएको टोलीले तपसिलमा बुधवार वेलुका काठमाडँौको महाराजगन्जबाट पक्राउ गरी पीडितलाई जबरजस्ती करणी गरेको गोंगबु स्थित गेष्ट हाउस समेत कसुरदारबाट खुलाई घटनास्थलबाट सवुत प्रमाणहरु संकलन गरी निज रोहित बि.क.लाई करणी सम्वन्धि कसूरमा आवश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी बृत्त, जनसेवा, काठमाडाँै पठाएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया