सिन्धुली मरिण गाउँपालिकाको महादेवस्थान सामुदायिक सिकाइ केन्द्रको भवन निर्माणको काम सुरु भएको छ । मरिण गाउँपालिका ७ बाह्रविसेमा रहेको महादेवस्थान सामुदायिक सिकाइ केन्द्रको भवन विहिबार गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले शिलन्यास गर्नुभएको हो ।
मरिण गाउँपालिकाको सहयोगमा भवन निर्माण सुरु भएको वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापाले बताउनुभयो । उहाँका अनुसार१८ लाख १२ हजारमा ८ कोठे भवन निर्माण हुने छ ।

शिलन्यास कार्यक्रम महादेवस्थान सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष लिला प्रसाद पन्त अध्यक्षता तथा मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनको प्रमुख आथित्यतामा गाउँपालिकाका उपाध्यक्ष संगिता माझि, गाउँपालिकाका निमित्त प्रमुृख प्रशासकिय अधिकृत एवम शिक्षा शाखा प्रमुख नबराज बराल, वडा नम्बर ५ का वडा अध्यक्ष प्रताव सिंह बम्जन, वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापा लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो ।