सिन्धुली- उद्योग वाणिज्य संघ सिन्धुलीको नव निर्वाचित कार्य समितिका पदाधीकारीहरुलाई सपथ ग्रहण गराइएको छ । विहिबार एक औपचारीक कार्यक्रमका बिच नव निर्वाचित कार्य समितिले पदभार तथा सपथ ग्रहण गरेका हुन् ।
सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको निवर्तमान अध्यक्ष अमरेश चन्द्र बैदारको अध्यक्षतामा कार्यक्रम भएको थियो । नव निवार्चित कार्यसमितीलाई निर्वाचन अधिकृत गोविन्द प्रसाद कोईरालाले सपथ ग्रहण गराउनु भएको थियो । बुधबार सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ सहित २५ सदस्यीय कार्यसमिति सर्वसमत निर्वाचित हुनु भएको थियो ।
संघको फागुन २४ गते निर्वाचन हुने भनिए पनि संघले बुधबार नै सर्वसहमतीमा कार्यसमिती चयन गरेको थियो । सपथ ग्रहण कार्यत्रममा नेपाली काँगे्रस सिन्धुलीका सभापति उपेन्द्र पोखे्रल –उज्वल), नेकपा माओबादी केन्द्र सिन्धुलीका संयोजक रामकुमार पौडेल, नेकपा एमाले सिन्धुलीका सचिव नारायण बराल लगायतको उपस्थिती रहेको थियो ।