शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ

बिहिवार , फाल्गुण १९, २०७८

सिन्धुली­ सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ सर्वसमत निर्वाचित हुनु भएको छ । बुधबार श्रेष्ठको अध्यक्षमा कार्यसमिति सर्वसहमत निर्वाचित भएको निर्वाचित छ । संघको फाल्गुण २४ गते निर्वाचनको लागि बुधबार मनोनय दर्ता भएको भएको थियो । उद्योग बाणिज्य संघ सिन्धुलीको २५ सदस्यीय कार्यसमितिका लागि परेको उमेदवारीमा सबै पदमा सर्वसमत निर्वाचित भएको निर्वाचन भएको जनाइएको छ ।

बरिष्ठ उपाध्यक्षमा विरबल चौधरी, उद्योग उपाध्यक्षमा रामभक्त श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा बाशु भेट्वाल, शाखा उपाध्यक्षमा चिनध्वज बम्जन, बस्तुगत उपाध्यक्षमा अमृत श्रेष्ठ र महिला उपाध्यक्षमा राधा खड्का सर्वसहमत निर्वाचित हुनु भएको छ ।

त्यस्तै महासचिवमा राज कुमार राजभण्डारी, कोषाध्यक्षमा कुलबहादुर थापा, उप–महासचिवमा युवराज श्रेष्ठ, सह–कोषाध्यक्षमा लालमान तामाङ रहेका छन् भने उद्योग सचिवमा तेजबहादुर विश्वकर्मा, बाणिज्य सचिवमा विनोद प्रधान र महिला सचिवमा विमला कुमारी काफ्ले निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा बिजय कुमार बस्नेत, देव श्रेष्ठ, नविन श्रेष्ठ, विराज सापकोटा, प्रकाश काफ्ले महिला सदस्यहरु चन्द्रकला खड्का, टिका कुमारी थापा, निरु श्रेष्ठ, सिता सत्याल आजिवन सदस्यमा गोविद्र खड्का र एशोशियट सदस्य साहा आलम साफीको मात्र उमदवद्वारी परेकोले सर्वसमहमत निर्वाचित भएका छन् ।

प्रतिक्रिया