शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कांग्रेस सिन्धुलीअधिवेशन : प्रेमचन्द्रको समर्थन उपेन्द्र पोखरेललाइ

सोमवार , फाल्गुण १६, २०७८

सिन्धुली–संस्थापनबाट उमेदवार बनि तेस्रो मतप्राप्तगर्ने प्रेमचन्द्र दाहालले पहिलो मतप्राप्तगर्ने उपेन्द्र पोखरेललाइ समर्थन गरेका छन् । काँग्रेस भित्रको लोकतान्त्रिक संस्कारले बढि मतप्राप्तगर्नेले नै नेतृत्वगर्ने भएकाले आफ्नो समर्थन पोखरेलाइभएको दाहालको धारणा छ ।

विधानले ५१ प्रतिशतमतप्राप्तगर्ने सभापतिबन्ने भएकाले त्यो प्रकृया मात्रहो, उहाले भन्नुभयो, ‘बढि मतप्राप्तगर्ने उपेन्द्रजी सभापति भैसक्नु भयो । खालीप्रकृया मिलाउने मात्रहो । मेरो समर्थन उहालाइ नै हो । पोखरेलले दाहालको समर्थन पाएपछि एकहजार बढि मतल्याउने दावी गरेका छन् ।

निर्वाचनमा सभापतिपदमा संस्थापन र इतर समूहका उमेदवारलाइ पछाडी पार्दै स्वतन्त्र उमेदवारर उपेन्द्र पोखरेलले सबैभन्दा बढि मतप्राप्त गरेकाहुन् । पोखरेलले शेखर कोइरालासमूहकाउज्ज्वल बराललाइ ५६ मतले पछि पार्दै ४८३ मतप्राप्त गरे । कोइराला समूका बरालले दोेस्रो बढि मत ४२७ल्याए । बढिमतप्राप्त गर्ने पोखरेल पनि यसअघि कोइराला समूहका नै हुन् । संस्थापनका उमेद्वार प्रेमचन्द्र दाहाल ३६१ मत सहित तेस्रो भएका छन् । इतर समूहकै स्वतन्त्रभएर निर्वाचनमाहोमिएका खड्गबहादुर वाइवाले १०१ र विश्वनाथकोइरालाले १६ मतप्राप्त गरेका छन् । बढि मतल्याउने पोखरेल र बरालबीच सोमबार पुःननिर्वाचनहुदैछ ।

कांग्रेसको बिधानबमोजिमसभापतिमानिर्वाचितहुन ५१ प्रतिशतमतल्याउनुपर्ने हुन्छ । कुलमतदाताएकहजार ५२३ जनाप्रतिनिधि रहेकोमाआइतबार सम्पन्न निर्वाचनमाएकहजार ४४० मत खसेको थियो । निर्वाचनकार्यालयका अरुणकुमार थिङकाअनुसार बढि मतल्याउने दुइजनाको निर्वाचन सम्पन्न भएपछि सबै पदको मतगणना शुरु हुनेछ । सभापति सहित ४३ पदकालागि ८६ जनालेउमेद्वारी दिएर निर्वाचनमा भागलिएका थिए ।

प्रतिक्रिया