सिन्धुलीमा ब न्द गराउदैँ हिँड्ने १२ जना ब न्दकर्तालाई प्रहरीले नि यन्त्रणमा लिएको । सोमबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) का नेता तथा कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कमलामाई नगरपालिका ६ स्थित लोकतान्त्रिक चोकबाट इन्दिरा रायमाझी, शशि राई, भरत बुर्जा, खड्ग प्रसाद देवकोटा, हरि बस्नेत, भरत दाहाल, गोपाल भोलन लगायत ९ जनालाई पक्राउ गरेको हो । यता, मरिण गाउँपालिकामा राजमार्ग बन्द गराउन खोजने तीनजनालाई प्रहरीले नि यन्त्रणमा लिएको स्थानिय अनिल माझीले जानकारी दिएका छन् । रुख ढालेर राजमार्ग बन्द गराउन खोज्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रत्यक्षदर्शि माझीले बताए ।
अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता आइतबार व्याख्यात्मक घोषणासँगै प्रतिनिधिसभाबाट बहुमतले अनुमोदनको विरोध गर्दै नेकपासहितका दलले गरेको बन्दको प्रभाव सिन्धुलीमा आंशिक परेको छ ।