सिन्धुली– दिनधुम्मिदा चिसो हट्न सकेको छैन् । घाम नलागेर चिसो मौसम भैरहदा सदरमुकाम सिन्धुलीमाडीलाई भने काँग्रेसको चुनावीे सरगर्मी तताएको छ । काँग्रेसको संघिय सांसद क्लिन स्विप भएको ६ जिल्लामा आइतबार जिल्ला कार्य समितिका पदाधिकारीहरु चयनका लागि निर्वाचनमा सभापतिमा वर्तमान सभापति उज्ज्वल बरालले ४ सय २७, महासमिति सदस्य प्रेमचन्द्र दाहालले ३ सय ६१, पूर्वसचिव उपेन्द्र पोखरेलले ४ सय ८३, महासमिति सदस्य विश्वनाथ कोइरालाले १६ र उपसभापति खड्गबहादुर वाइवाले १ सय १ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अव सभापतिमा वर्तमान सभापति उज्वल बराल र पूर्वसचिव उपेन्द्र पोखरेल विच प्रतिस्पधा हुने छ । यसै मेसोमा सिन्धुली काँग्रेसलाई जोगाउन र अहिलेसम्मको अवस्थामा ल्याउनकसको भुमिकाकति ? नेतृत्वम प्रतिस्पर्धामा रहेकाहरुको परिक्षा हु“दैछ । स्थानीयस्तरमै रहेर काँग्रेसमै आफ्नो जीवनअर्पण गरेका सभापतिका उमेद्वार हुन् उपेन्द्र पोखरेल (उज्ज्वल) । क्षेत्रिय प्रतिनिधिको मनमुटुमा बसेका पोखरेल सभापतिमा आफ्नो उमेद्वारी अहिलेको आवश्यक्त ाभएको ठान्नुहुन्छ । काँग्रेसको नाम भ“जाएर खानेहरुलाइ सम्मानित प्रतिनिधि ज्यू हरुले रछानमा फाल्ने उहाको आंकलन छ । नेविसंघबाटै राजनीति शुरु गरेकापोखरेलले काँग्रेसमा रहेर ३० वर्ष भन्दा बढि काम गरेका छन् । तरुणदलको अध्यक्ष, काँग्रेस जिल्ला कार्यसमिति सदस्य, सचिवमा रहेर काम गरेका पोखरेलस“ग अनुभव छ ।
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा मेयरका प्रत्यासी पोखरेल पार्टीभित्रबाटै भएको अन्र्तघातका कारण पराजय भएको काँग्रेसीजनहरु बताउ“छन् । काँग्रेस भित्रकाधमिराहरुलाइ हटाएर एकतावद्ध काँग्रेस निर्माण उहा“को प्रतिबद्धता हो । ९ वटै स्थानीय तह र प्रदेश तथा संघको निर्वाचनमा काँग्रेसको चारतारे झण्डा फहराउने सभापति निर्वाचित भएपछि पोखरेलको पहिलो प्राथमिकतामा परेको छ । हिजो अप्ठेरो समयमा समेत ज्यानको बाजीलगाएर काँग्रेस बचाइयो, उहाले भन्नुभयो, “काँग्रेस काँग्रेसजस्तो भएन्, व्यक्तिवाद हावी भयो, भजाएर खाने नेतृत्वमा पुगे । तिन लाई विस्थापनगरि अब सबल, सुदृढ र सबैको अपनत्वहुने खालको काँग्रेस पार्टी बनाउने मेरो प्रतिबद्धता हो ।”