सिन्धुली - नेकपा माओवादी केन्द्रले जनयुद्धको बेलामा व्यापक रुपमा आम जनसमुदायको साथ र सहयोग पाएको थियो । जनयुद्धको त्यहि झल्को दिने गरि अहिले माओवादी केन्द्र सिन्धुलीले आम जनसमुदायलाई संगठीत गर्दै परिचालन गरेको छ ।
मंगलबार नेकपा माओवादी केन्द्र सिन्धुलीले बिगतको जनयुद्ध वर्गसंघर्षको कालमा सिन्धुलीमाढीको पुर्बपट्टि प्रवेशका ईलाकामा जनयुद्ध झल्को दिने गरि आम जनसमुदायलाई संगठीत गर्दै परिचालन गरेको हो । कमलामाई नगरपालिकाको ९ देखि १४ वडामा जनयुद्धको झल्को दिने तरिकाले आम जनसमुदायको साथ र सहयोग पाएको नेकपा माओवादी केन्द्र सिन्धुलीका ईन्चार्ज तथा बागमती प्रदेशसभा सदस्य राजन दाहालले बताउनुभयो । उहाँका अनुसार माओवादी केन्द्रले बिगत एक महिना देखि हरेक गाउँ, बस्ती टोल– टोलमा आफ्नो संगठन मजबुत बनाएको छ ।
दाहाल उक्त बस्तीका नागिरकका समस्या बुझ्न आफै पुग्नु भएको थियो । नागरिकका सुख दुःखका सारथि बनेका लोकप्रिय नेता दाहालले नागरिकका आवश्यकताको आधारमा साना, अधुरा, अल्पकालीन बिकासका काम देखि दीर्घकालीन महत्त्वका मझौला, ठुला बिकास निर्माणका योजनाहरु ल्याउनुभएको छ । माओवादी केन्द्रले घोषणा गरेनुसार र आफुले निर्वाचन अघि प्रतिबद्धता जनाएका बिकास निर्माणका कामहरु पूरा गरेको दाहालले बताउनुभयो ।
दाहालले गर्नुभएको कामको प्रशंसा गर्दै उक्त बस्तीका एमाले कांग्रेसमा रहेका नेताकार्यकर्ता र जनसमुदायहरु दिनहुँ सयौँको सख्यामा नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन् । शनिबार कमलामाई नगरपालिका १४ र १३ को रूचानी र मडाको पुरै गाउँ नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन् । देश र जनताको हितमा काम गर्ने विकास प्रेमी पार्टी र नेता खोज्दै–रोज्दै नेकपा माओवादी केन्द्रमा स्वत स्फुर्त प्रवेश गरेको नागरिक बताउँ छन् । रुचानीबाट भैरव ठकुरी र मडा अरुण राउतको नेतृत्वमा काँग्रेंस र एमाले पार्टी त्यागेर ९४ जना र कनपा १४ बाट ११ जना गरी १०५ जनाले पार्टी प्रबेश गरेका छन ।