शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नेपाली काँग्रेस सिन्धुलीको जिल्ला अधिवेशनको निर्बाचन प्रकृया सुरु

शनिवार , फाल्गुण १४, २०७८

सिन्धुली – नेपाली काँग्रेस सिन्धुलीको १४ औ महाधिवेशन अन्तर्गत सिन्धुली जिल्लामा नेपाली काँग्रेसको जिल्ला अधिवेशनको निर्बाचन प्रकृया शनिबारदेखि सुरु भएको छ ।

उक्त निर्बाचन प्रकृया अन्तर्गत विभिन्न पदमा निर्बाचित हुने ४३ पदका लागि ८७ जनाको उमेदवारी दर्ता भएको जिल्ला निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सभापति पदमा उज्ज्वलप्रसाद बराल, उपेन्द्रकुमार पोख्रेल, खड्गबहादुर वाईवा, प्रेमचन्द्र दाहाल, र बिश्वनाथ कोईरालाको उमेदवारी परेको छ ।

कार्यालका अनुसार दुई उपसभापति पदका लागि आठ जना, दुई सचिब पदका लागि सात जना, दुई सहसचिबका लागि पाँच जनाको उमेदवारी परेको छ । पालिका सदस्य अन्तर्गत कमलामाई नगरपालिका खुल्ला सदस्यमा चार जना, दुधौली नगरपाकिा एक महिला सदस्यमा तीन जना, दुधौली नगरपालिका खुल्ला दुई सदस्यमा पाँच जना, हरिहरपुरगढी एक खुल्ला सदस्यमा तीन जना, सुनकोसी गाँउपालिका एक खुल्ला सदस्यमा दुई जना, फिक्कल गाँउपालिका एक खुल्ला सदस्यमा तीन जना, गोलन्जोर गाँउपालिका एक खुल्ला सदस्यमा तीन जनाको उमेदवारी परेको छ ।

त्यस्तै खसआर्य एक महिला सदस्यमा दुई जना, खसआर्य खुल्ला दुई सदस्यमा पाँच जना, आदिबासी जनजाति चार महिला सदस्यमा पाँच जना, आदीबासी जनाजाति चार सदस्यमा सात जना, दलित एक खुल्ला सदस्यमा दुई जना, अल्पसङख्यक एक सदस्यमा तीन जनाको उमेदवारी परेको छ ।

पालिका अन्तर्गत निर्बाचित हुने सदस्यहरु मध्ये कमलामाई नगरपालिका एक महिला सदस्यमा रमला पौडेल देवकोटा, घ्याङलेक गाँउपालिका एक महिला सदस्यमा कमला थिङ, घ्याङलेक गाँउपालिका खुल्ला सदस्यमा रामकाजी वाईवा, मरिण गाँउपालिका एक महिला सदस्यमा रजनी मैनाली, मरिण गाँउपालिका खुल्ला सदस्यमा प्रकासजङग थापा, हरिहरपुरगढी गाँउपालिका एक महिला सदस्यमा शोभाकुमारी वाईवा निर्बिरोध निर्बाचित बन्नु भएको छ ।

त्यस्तै सुनकोसी गाँउपालिका एक महिला सदस्यमा मिरा थापा, तीनपाटन गाँउपालिका एक महिला सदस्यमा भवानी अधिकारी, तीनपाटन गाँउपालिका खुल्ला सदस्यमा होमप्रसाद अधिकारी, फिक्कल गाँउपालिका एक महिला सदस्यमा रमा बराल, गोलन्जोर गाँउपालिका एक महिला सदस्यमा गंगादेबी श्रेष्ठ, दलित महिला सदस्यमा दिपा बैजु, महाधिवेशन प्रतिनिधि अपाङगता शेखरप्रसाद सुवेदी, र प्रदेश महाधिवेशन प्रतिनिधि अपाङगतामा सोनिका ढकाल निर्बिरोध निर्बाचित बन्नु भएको जिल्ला निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पार्टी केन्द्रिय कार्यालयको सर्कुलर अनुसार जिल्ला अधिवेशन मंसर १० गते गर्नु पर्ने भएपनि त्यती बेला विविध कारणले हुन सकेको थिएन ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको वडा अधिवेशनबाट मतदाताका रुपमा जिल्ला अधिवेशनमा सहभागि हुन एक हजार ५२३ जना क्षेत्रिय प्रतिनिधि छनौट भएर आएका निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया