शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको मरिण गाउँपालिकामा मोर्डना खोपको दोस्रो मात्रा लगाईने

शनिवार , फाल्गुण १४, २०७८

सिन्धुली – मरिण गाउँपालिकामा कोरोना विरुद्धको मोर्डन खोपको दोस्रो मात्रा लगाईने भएको छ । यस अघि मोर्डना खोपको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउने समय भएका १२ वर्ष देखि १७ वर्ष सम्मका किशोर किशोरीलाई खोपको दोस्रो मात्रा लगाईने भएको हो ।

गाउँपालिकाले निकालेको सुचना अनुसार मोर्डना खोपको दोस्रो मात्रा जन सहभागिता नि.मा.वि. विद्यालयले फागुन १७ गते जन सहभागिता नि.मा.वि. पिउरी दोभान, प्रा.वि. चुरेमाता, प्रा.वि. पञ्चकन्या र नि.मा.वि. भुवनेश्वरीले फागुन १८ गते स्वास्थ्य चौकी भवन वडिमुहान र तल्लो खन्जनी नि.मा.वि.ले फागुन १९ गते तल्लो खन्जनी नि.मा.वि. घाटमा गएर लगाउन सकिने छ ।

खोपको दोस्रो मात्रा लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर जानुपर्ने छ । जिल्लामा हाल सम्म मोर्डना खोप २९ हजार ५ सय ६१ जनाले पहिलो मात्रा र १० जनाले दोस्रो मात्रा े लगाएका छन् । मोर्डना खोपको बुस्टर डोज २ सय २३ जनाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । कोभिशिल्ड खोप लगाउनेको संख्या २२ हजार ३ सय ४ जना रहेका छन् । जसमा पहिलो मात्रा १८ हजार ४ सय २० जनाले र दोस्रोे मात्रा ३ हजार ८ सय ८४ जनाले लगाएका छन् । कोभिशिल्ड खोप लगाएका २ हजार १ सय ५९ जनाले बुस्टर डोज लगाएका छन् । यस्तै, एष्ट्राजेनेका खोप ९ हजार ४४ जनाले लगाएका छन् । जसमा १ हजार ७ सय २२ जनाले पहिलो मात्रा र ७ हजार ३ सय २२ जनाले दोस्रोे मात्रा लगाएका छन् ।

साथै, जिल्लामा भेरोसेल खोप लगाउनेको संख्या २ लाख १२ हजार २ सय ३० जनाले लगाएका छन् । जसमा पहिलो मात्रा लगाउनेको संख्या १ लाख २० हजार ७६ जना र दोस्रो मात्रा लगाउनेको संख्या ९४ हजार १ सय ५४ जना रहेका छन् । भेरोसेलको बुस्टर डोज १ हजार २८ जनाले लगाएका छन् । जोनसन एण्ड जोनसन खोप लगाउनको संख्या जिल्लामा १४ हजार १ सय २१ जना रहेका छन् ।

प्रतिक्रिया