बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

न्यायालयमा नागरिक नठगिउन्

शनिवार , फाल्गुण १४, २०७८

सिन्धुलीमा देवानी, दुनियावादी फौजदारी, सरकारवादी फौजदारी, पुनरावेदन लगायत निषेधाज्ञा तर्फका मुद्धामा पक्राउ पर्नेको संख्या ठूलो छ । कर्तव्यज्यान, जबरजस्ती करणी, लागुऔषध ओसारपसार, सवारी दुर्घट्ना लगायतका घट्नामा प्रहरी कार्यालयमा झण्डै दुई दर्जन बढि नियन्त्रणमा रहेका छन् । कानुन विपरित क्रियाकलाप गर्नेलाई कार्वाही हुनुपर्छ । तर, प्रक्रियागत रुपमा कानुनि उपचार खोज्न मुश्किल भएको उनीहरुले गुनासो गरेका छन् । एक त वकिलले महंगो शुल्क लिने र अर्को आफूहरुसँग कानुनि ज्ञान नहुँदा ठगिनुपरेको गुनासो बढ्दोछ । गल्ति गरे दण्डको भागिदार हुनैपर्छ । तर, न्यायालयमा हुने बार्गेनिङङे गर्दा कहिलेकाही सोझा नागरिकपनि दण्डित हुनुपरेको विगतका घट्नाले देखाउँछ । तसर्थ, कानुनि सहजिकरणकालागि स्थानिय सरकार लगायतको व्यवस्थापनमा सम्बन्धित निकाय थप चनाखो हुन जरुरी छ ।

जिल्लाका स्थानिय तहको पाठ्यक्रममा समेत न्यायको प्रक्रिया, मुद्धाको विवरण लगायत न्यायलय सम्बन्धि साधारण विषयका बारेमा उल्लेख गरि कानुनप्रति सचेत गराउन जरुरी छ । त्यसैगरि, ठूलालाई चेन र सानालाई ऐन भनेझैँ सानालाई मात्र पक्राउ गरेर ठूलालाई राहत दिन मिल्दैन । तसर्थ, अनुसन्धानको दायरा बढाएर दोषी उपर कार्वाही गरिनुपर्छ र निर्दोषले सजाय पाउनुहुदैँन । अतः न्यायलयमा कोहि पनि नागरिक नठगिनकालागि विचौलियाहरुको रजगज निरुत्साहित पार्न तर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया