सिन्धुली – सिन्धुलीमा मोटसाइकल र स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना हुदाँ एक जना गंभिर घाइते भएका छन । विपि राजमार्ग स्थित कमलामाई नगरपालिका ६ राममाडिमा बिहिवार दिउँसो अन्दाजी एक बजेको समयमा सिन्धुलीमाढी बजारबाट ढुंग्रेबास तर्फ आउँदै गरेको मोटसाइकल र विपरित दिशाबाट जादै गरेको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ स्कुटर चालक गंभिर घाइते भएको हो ।
सिन्धुलीमाढी बजारबाट ढुंग्रेबास तर्फ आउदै गरेको ज ८ प ४३३४ न.को मो.सा. र विपरित दिशाबाट जादै गरेको प्र.२–०४–००१ प ००६२ नं.स्कुटर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक कमलामाई नगरपालिका ६ राममाढीका का २६ वर्षिय शुसील श्रेष्ठको कम्मर टाउको र अनुहारमा चोट लागेको छ । उहाँको उपचारका लागि सिन्धुली अस्पतालबाट थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौै पठाईसकेको छ । श्रेष्ठको स्वास्थ्य अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

यस्तै मोटसाइकल चालक कमलामाई नगरपालिका ४ ढुंग्रेबास का २७ वर्षिय सुदर्शन थापाको नाक र टाउकोमा चोट लागेको छ । उहाँको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । थापाको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरी जनाएको छ ।
यस्तै मोटसाइकल पछाडि सवार तिनपाटन गाउँपालिका ३ घर भई हाल कमलामाई नगरपालिका ६ का १८ वर्षिय मनिष स्याङतानको छाति टाउको र खुट्टामा चोट लागेको छ । स्याङतानको स्वास्थ्य अबस्था सामान्य रहेको जनाइएको छ । घटना भएको स्थानमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा ४ जनाको टोलि खटि गएको दुबै सबारी साधने नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।