शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमलामाईमा अदुवा पकेट बिकास कार्यक्रम संचालन हुने

सोमवार , फाल्गुण ९, २०७८

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकामा अदुवाको साना व्यवसायिक कृषि उत्पादन पकेट बिकास कार्यक्रम संचालन हुने भएको छ । कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७८,÷२०७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि बिकास शाखा अन्तर्गत अदुवाको साना व्यवसायिक कृषि उत्पादन पकेट बिकास कार्यक्रम संचालन हुन लागेको कमलामाई नगरपालिकाले आईतबार एक सुचना निकालेर जानकारी दिएको हो ।

पकेट बिकास कार्यक्रममा सहभागी हुनका लागी कमलामाई नगरपालिका वडा नम्बर २ को पुर्बमा पिपलभञ्ज्याङ पश्चिममा खट्टार उत्तरमा दामे डाँडा दक्षिणमा क्ुसुमटार भित्रका ईच्छुक कृषक समुह तथा कृषि सहकारीले कार्यालयमा आउन आग्रह गरिएको छ ।

कार्यालयमा आउँदा कृषक समुह तथा कृषि सहकारी भएको प्रमाण पत्रको प्रतिलिपि, करचुक्ता प्रमाण पत्र तथा नबिकरण प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम संचालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तीमा ५ बर्षको सम्झौता पत्रको नामा, निबेदकको नागरिकता तथा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, कार्यसमितिको निर्णयको प्रतिलिपि लिई सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र कमलामाई नगरपालिका कृषि बिकास शाखामा निबेदन पेस गर्न नगरपालिकाले सबै कृषकलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया