सिन्धुली – सिन्धुलीमा हायस दुर्घटना हुर्दा ३ जना गम्भिर र ९ जना सामान्य घाइते भएका छन् । दोलखा मालुबाट काठमाडौँ तर्फ जादै गरेको बा ३ ख ४६१२ नम्बरको हायस विपि राजमार्ग स्थित सुनकोशी गाउँपालिका ५ मुलकोटमा आफै अनियन्त्रीत भइ दुर्घटना हुदाँ चालक सहित ३ जना गम्भिर र ९ जना सामान्य घाइते भएका छन ।
गम्भिर घाइते हुनेहरुमा गाडि चालक दोलखा मेलंग गाउँपालिका ८ का ३४ वर्षिय कुल नारायण श्रेष्ठ, गाडिमा सवार दोलखा मेलुग गाउँपालिका ७ बस्ने ६३ वर्षिय भवानि प्रसाद भण्डारी र रामेछाप लिखु तामाकोशी गाउँपालिका ६ की २१ वर्षिय गिस्मा खत्री रहेका छन् । उनीहरुको उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको छ ।
यस्तै गाडिमा सवार दोलखा मेलुङग गाउँपालिका ७ का २० वर्षिय बाबु काजि खड्का, दोलखा मेलुङग गाउँपालिका ८ का ३० वर्षिय चुडामणि बस्नेत र दोलखा मेलङग गाउँपालिका ५ की २१ वर्षिय रन्जिता मगरको अवस्था भने सामान्य रहेको छ ।
उनीहरुको पनि भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । साथै गाडिमा सवार घाइते दोलखा मेलुङग गाउँपालिका ६ का ३३ वर्षिय सन्तोष श्रेष्ठ उपचार पछि डिस्चार्ज भइसक्नु भएको छ । गाडिमा चालक र सहचालक सहित जम्मा १५ जना सवार रहेका थिए । गाडि सडकको दायाँ साइडको नालामा ठोक्किएर पल्टिए दुर्घटना भएको हो ।