सिन्धुली – सिन्धुलीमा फरक¬फरक स्थानमा मोटसाइकल दुर्घटना हुदाँ दुइ जना गम्भिर घाइते भएका छन् । आइतबार जिल्ला भित्र फरक¬फरक स्थानमा दुइ मोटसाइकल दुर्घटना हुदाँ दुई जना गम्भिर घाइते भएका छन् भने दुइ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
आइतबार मदभण्डारी राजमार्ग अन्तगर्त कमलामाई नगरपालिका १४ चन्दनपुरमा ०२¬००२ प १०९५ नम्बरको मोटसाइकल आफै अनियन्त्रीत भइ दुर्घटना हुदाँ मोटसाइकल पछाडि सवारी गम्भिर घाइते भएको प्रहरी जनाएको छ । दुधौलीबाट भिमान तर्फ आउँदै गरेको मोटसाइकल आफै अनियन्त्रित भइ सडकको बायाँ साइडको डिभाइडरमा ठोक्किदा मोटसाइकल पछाडि सवार कमलामाई नगरपालिका ९ बथानचौरीको ३६ वर्षिय विक्रम माझी गम्भिर घाइते भएका हुन् । उहाँको सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि हेलिकप्टर बाट काठमाडौँ लगिएको छ ।
यस्तै मोटसाइकल चालक सोहि स्थानका ३५ वर्षिय राम कुमार माझीको टाउँको र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ । उहाँको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।
यस्तै आइतबारनै विपि राजमार्ग अन्तगर्त सुनकोशी गाउँपालिका वडा नम्बर २ मझुवामा मोरटसाइकल र सुमो एकआपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटसाइकल चालक गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
सोलुबाट काठमाडौँ जादै गरेको ना १ ज ७७१७ नम्बरको सुमो र विपरित दिशाबाट आउँदै गरेको बा ३४ प ३८०३ नम्बरको मोटसाइकल एकआपसमा ठक्कर खाइ दुर्घटना हुदाँ मोटसाइकल चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ का अन्दाजी २३ वर्षिय नकुल कार्की गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते कार्कीको उपचारका लागि धुलिखेल पठाइएको छ ।
मोटसाइकल पछाडि सवार काठमाडौ महानगरपालिका ७ की १८ वर्षिय सविता कार्की सामान्य घाइते भएको र उपचारका लागि धुलीखेल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।