सिन्धुली– नेपाली सेनाको बर्दबहादुर गणले तीन महिने तालिम सम्पन्न गरेको छ । कमलामाई नगरपालिका ९ पन्नेसी सामुदायिक बनमा उक्त तालिम भएको बर्दबहादुर गणले जनाएको छ ।
तालिम समापनको अवसरमा सुविधा नगर युवा क्बललाई फुटबल, भलिबल, नेट पम्प लगायतका खेलजन्य सामाग्री गणले उपलब्ध गराएको गणका प्रमुख गणपति बिजय थापाले जानकारी दिनु भयो ।
सेनाले तीन महिने तालिम पन्नेसी सामुदायिक बनमा आएर गर्दा बनको संरक्षण हुनुका साथै बन्यजन्तुको समेत संरक्षण भएको सामुदायिक बनका अध्यक्ष महेश रेग्मीले बताउनु भयो । सेनाले यहाँ आएर तालिम गर्दा बनको संरक्षण भएको हामीलाई प्रत्याभुति भएको छ, उहाँले भन्नु भयो । यस्तै वडाअध्यक्ष कैलाश पौडेलले सैनिक नागरिक क्रियाकलापले सेना र स्थानिय नागरिकबिच विश्वास र भरोसा बढाएको बताउनु भयो ।
नेपाली सेनाले खेलकुदका सामाग्री सहयोग गरेको प्रति क्लबका अध्यक्ष सुशान्त तामाङले सेनालाई धन्यवाद दिनु भयो । उहाँले खेलकुद सामाग्री पाएपछि खेलाडीको मनोबल अझै बढेको बताउदै खेलप्रति युवाहरुको हौसल्ला बढेको बताउनु भयो ।