शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली अस्पताल अध्यक्षमा कुवर

शनिवार , माघ २९, २०७८

सिन्धुली सिन्धुली अस्पतालको अध्यक्षमा विजय कुबर नियुक्ति हुनुभएको छ । बागमती प्रदेश सरकारको स्वास्थय मन्त्रालयले निर्वतमान अध्यक्ष प्रलाद पोखरेलाई पदमुक्त गरि कुबरलाई नियुक्त गरेको हो ।

बागमती प्रदेशको मन्त्रिस्तरको मिति शुक्रवार गतेको निर्णय अनुसार सिन्धुली अस्पतालको संचालन र व्यवस्थापन समितिको अध्यक्षमा कुवरलाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष कुवरले सर्वसाधारण नागरिकको सहज पहुँचमा अस्पताल लैजाने आफ्नो एजेण्डा हुने बताउनु भयो । उहाँले अस्पतालबाट पाउने सेवा सुविधा र अस्पतालमा विशेषज्ञ चिकित्सकको सुविधा सधै हुने व्यवस्था मिलाउन आफु लागि पर्ने बताउनु भयो ।

“अस्पताल र नागरिकको सम्बन्ध सुमधुर बनाउन मेरो पयत्न हुन्छ, यसका लागि सर्वसाधारणलाई सहज सेवा र सर्वसाधारणको पहुँचमा अस्पताल बनाउने योजना मेरो हुनेछ,” उहाँले भन्नु भयो ।

प्रतिक्रिया