बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा बजार अनुगमनलाई प्रभावकारी बनाऔँ

शुक्रवार , माघ २८, २०७८

सिन्धुलीमा बजार अनुगमन नहुँदा केहि व्यापारीले मनलाग्दी शुल्क राख्दै सामान विक्रि गरेको उपभोक्ताले गुनासो गरिरहेका छन् । स्थानिय सरकारले अनुगमनलाई नजरअन्दाज गर्दा उपभोक्ताहरु ठगिएका छन् । स्थानिय सरकार लगायत सम्बन्धित निकायले थोक विक्रेतालाई कानुनको दायरामा ल्याउने भन्दा पनि खुद्रा व्यापारीलाई ¥याख¥याखति पार्दा समस्या ज्यूको त्यू छ । मुख्यतः थोक विक्रेताले आफूखुशी शुल्क निर्धारण गरेर खुद्रा विक्रेतालाई सरसामानको विक्री गरिरहेका छन् । थोक विक्रेताले मूल्य वृद्धि गरेपछि खुद्रा व्यापारीले स्वतः शूल्क वृद्धि गर्नु स्वभाविक हो । तर, ठूला माछालाई कानुनको दायरामा ल्याउने भन्दा पनि साना माछालाई कानुनि दायरामा ल्याउँदा समस्याको समाधान नहुने निश्चित छ । तसर्थ, जिल्लामा रहेका थोक विक्रेताहरुको अनुगमन गरि आवश्यक कार्वाही गर्नतर्फ जिम्मेवार निकाय चनाखो हुन आवश्यक छ ।

कोभिडका कारण अन्य जिल्लाबाट सामानको ढुवानि नहुँदा सिन्धुलीमा सुर्तिजन्य सामाग्रीको मूल्य अचाल्की वृद्धि भयो । जिल्लामा सूर्तिजन्य पदार्थको चरम अभाव हुँदा समेत अन्य जिल्लाबाट सिन्धुलीमा सो सामाग्रीको आयात नभएका होइनन् । प्रहरीको सक्रियतामा कमि भएकै कारण होस् वा अन्य तरिकाबाट सिन्धुलीमा सो सामानको आयात भएकै थियो । तर, जिल्लाका जिम्मेवार निकायको मौनता कारण उपभोक्ताहरु कालोबजारी र चर्को शुल्कको शिकार बन्न पुगे । अहिले पनि केहि व्यापारकिो सरकारसँगको सामिप्यताका कारण बजार अव्यवस्थित भएको छ । त्यसैले, बजार अनुगमनलाई स्थानिय सरकारले प्राथमिकतामा राख्न जरुरी छ । अतः बजार अनुगमनलाई स्थानिय सरकार, जिल्ला प्रशासन लगायत सम्बन्धित निकायले प्राथमिकतामा राखि उपभोक्ताको अधिकार संरक्षणमा जोड दिनुपर्छ ।

प्रतिक्रिया