सिन्धुली – झट्ट हेर्दा पुरानो जर्मनी ट्रक जस्तो । बा“या साइडमा दुइवटा ठुला सोलार प्यानल जडित छ । त्यसको चार्ज लिनकालागि ढोकाको साइडमा ठुलो इन्र्भर्टर राखिएको छ । जसलाई तालालगाइएको छ । पछाडी अक्सिजन सिलिण्डर, अगाडी हुटमा त्रिपालले छोपिएको छ । बाहिरी आबरण हेर्दा नै यो चानचुने गाडी होइनभन्ने अनुमान सहजै लगाउन सकिन्छ । मोडिफाइ गरेर हाइफाइ सुविधा सहितको मिनीट्रक यतिखेर जिल्लाप्रहरी कार्यालय सिन्धुलीको प्रांगणमा छ । यो मिनी ट्रक लागूऔषध सहितप्रहरीले पक्राउ गरेको यूट्यूवर चेतन कार्कीको हो ।
यो मिनी ट्रकमा सबै खाले सुविधा छ । प्रहरीका अनुसार चालक बस्ने भन्दा पछाडिको भागलाइ सुविधा सम्पन्न घर जस्तै बनाइएको छ । बा“या साइडबाट ढोकाखुलेपछि भित्र हेर्दा झन उदेक लाग्छ । सुत्ने बेडदेखि भान्साका सबै सामाग्री ट्रकमा सेट गरिएको छ । घुमाउने कुर्सी सहित कार्यालय सजावट समेत गरिएको छ । ट्रक भित्रपनि यस्तो सुविधा हुन्छ भनेर प्रहरी नै अचम्मित भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मनोजकुमार लामाका अनुसार शौचालय समेत मिनीट्रक भित्रै छ । मिनीट्रक मोडिफाइ गरेर सबैखाले सुविधा सहित विलासिताका सामान राखिएका छन्, प्रनाउ लामाले भन्नुभयो, “हामीलाइ सूचना प्राप्त भएको थियो । नियमित चेकजा“चकै क्रममा गाडि समेत अनौठो लागेर थप अनुसन्धान गरियो । लागू औषध फेला प¥यो ।” बजाउने गितार देखि खाने काजु किसमिस समेत सबै मिनीट्रक भित्र पाइएको उहाँले बताए । विदेशतिर यस्तो ट्रकलाइ क्याम्पट भनिने उहाँले सुनाउनु भयो । चल्तिका यूट्यूवर भएकाले लागूऔषध सहित समाएको कार्कीलाई खुर्कोटमा नै फ्यानहरुले घेरेको समेत प्रहरीले जनाएको छ ।
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउ“पालिका ७ को खुर्कोटमा लागूऔषध सहित काठमाडौं महानगरपालिका २६ सामाखुसीका ३७ वर्षीय यूट्यूवर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । वर्दिवासबाट धुलीखेलतर्फ जा“दै गरेका यूटु्यूवर कार्कीले चलाएको चेतन भ्लग आबरणको ०१–००३क ९१८२ नं को मिनीट्रक चेकजा“च गर्दा कार्कीले लगाएको ट्याक सुटको दाहिने खल्तीबाट खैरो हेरोइन ४ दशमलव १३० ग्राम र ६ दशमलव ९३० ग्राम गा“जा बरामद भएका ेप्रहरी प्रनाउ लामाले जानकारी दिनु भयो ।
लागू औषध मुद्धामा यूट्यूवर कार्कीलाइशुक्रबार सिन्धुली अदालतबाट म्याद थपि थप अनुसन्धानभइरहेको प्रनाउ लामाले बताउनु भयो । मिनीट्रकको कागजात र मोडिफाइ गर्ने इजाजत भए नभएको समेत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यूट्यूवरको आवरणमा लागू औषध, सुन र अन्य तस्करीका कारोबार बीपी राजमार्गलाइ ट्रान्जिट प्वाइन्ट बनाएर बाक्लै भैरहेको सूचनाप्राप्त गरेकाले थप कडाइ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानकालागि प्रहरी हिरासतमा रहेकाकार्कीलाइ अहिले दाल र सुप खान दिइएको प्रहरीले जनाएको छ ।