सिन्धुली –गोलन्जोर गाउ“पालिका ६ हैबारकी ९ वर्षीय बालिका दिलमाया श्रेष्ठ आफ्नो नाममा आएको बाख्रा ‘काली’ को खुबै स्याहार सुसार गर्न हुन्छ । खोरमा भएका दर्जन खसीबाख्रा मध्ये दिलमायाले कालीलाइ बढि स्याहार गर्नुमा आफ्नो नाममा उपहार आएको भएर हो । “कालीलाई मकैको पिठो डल्ला बनाएर खुवाएको खुवाअै गर्छे”, दिलमायको आमा शर्मिलाले भन्नु भयो, “खोलेपानी दिनका लागि सबै खसीबाख्रा फुकाएर लाइदियो, उ भने आफ्नोलाइ मात्र बढि माया गर्ने भन्या ।” दिलमाया कक्षा १ मा हुदा काली घर भित्रिएकी थिइन् । अहिले उहाँ २ कक्षामा पुग्नुभयो ।
क्यानडाका विद्यार्थीहरुले संकलन गरेको रकम वल्र्डभिजन इन्टरनेशनल मार्फत रिलिफ नेपालले बालस्पोन्सरशीप परियोजना अन्तर्गत आयआर्जनका लागि दर्ता भएका बालबालिकाहरुलाइ बितरण गर्दा बाख्रा खरिद गर्नुपर्नेमा काली दिलमायालाइ जुरेको थियो । विद्यालय नजिक बलेनीमा बाख्रा बितरण गर्दा कालीलाइ घरसम्म दिलमायाले नै डोर्याएर भित्राउनु भएको थियो । “मोहनी लागेजत्तिकै भएको छ, पढाई सकेर विद्यालयबाट घर फर्किनासाथ कालीलाइ हेर्न खोरमा पुगहाल्छे”, आमा शर्मिलाले सुनाउनु भयो ।
कालीले ल्याएको ६ महिना पछि नै एउटा पाठी मात्र पाएकी छ । पाठीको नाम दिलमायाले नै गाजली राखेकी छिन् । काली बाख्रा र पाठी दुवैलाइ उत्तिकै माया गर्छिन । यी बाख्रापाठी छोरीकै नाममा क्यानडाका साथीले पठाइ दिएको संस्थाका मान्छेले भनेका छन् , आमा शर्मिलाले भन्नुभयो, “त्यै भएर राम्रोसग लालनपालन गरि दरसन्तानको जेर बनाउने लक्ष छ , त्यसमा छोरी सानै भएपनि साथ दिएकी छ ।” शुक्रबार हुने हाफ छुट्टी र शनिबारको विदाका दिन बाख्रा चराउने काम दिलमाया भागमा छ । शुरुमा बाख्रा चराउन नमान्ने दिलमाया काली भित्रिएपछि खुसीसाथ जाने गरेको बुबा सुमनले बताउनुभयो ।
क्यानडाबाट बाख्रा खरिद गर्नका लागि पैसा पठाइदिने साथीलाइ देख्न मन छ दिलमायालाइ । साथीले पठाइदिएको पैसाले किनेको मेरो कालीलाइ कहिल्यै विक्री गर्न दिन्न, दिलमायाले बालसुलभ भावमा भन्नु भयो, “मलाइ उपहार पठाइदिने साथीलाइ हेर्न र बोल्न मन छ ।” काली यतिखेर गर्भवती भएकी छ । जिविकोपार्जनका लागि रिलिफ नेपालले दर्ता भएका बालबालिकाहरु मध्ये ५ जनालाइ बोका बितरण गरेको छ । लिमायााले एउटा बोका पनि पाउनु भएको छि, त्यसको नाम खैरे राखिएको छ । साथीले अंग्रेजीमा मात्र कुरा गर्छन भन्ने सुनेपछि दिलमायाले खुर्कोटमा रहेको जनज्योती माविलाइ रोज्नुभएको छ ।
विद्यालयले बस संचालनमा ल्याएपछि ५ किलोमिटर टाढा भएपनि अंग्रेजी सिक्ने हुटहुटीले पठाइदिएको बुबा सुमनको भनाइ छ । दिलमाया मात्र हैन् गोलन्जोरमा दर्ता भएका सातसय १२ बालबालिकाहरु मध्ये धेरैजसोले रिलिफ नेपाल मार्फत जिविकोपार्जन लागि बाख्रा उपहार पाएकाछन् । दिलमाायाको छिमेकी १० वर्षीय रुपेस श्रेष्ठले पनि उपहारमा पाएको बाख्रालाइ पालनपोषणमा उत्तिकै ध्यान दिएका छन् । विदेसी साथीले दिएको उपहकार बाख्रा पालेरै धनी हुन्छु भन्छ, रुपेसका बुबा निरबहादुरले सुनाउनु भयो । पछि साथीलाइ भेट्न जाने उसको चाहना छ, बाख्रालाइ औधीमाया गर्छ, उहाँले भन्नुभयो ।
गाउपालिकाकै वडा नं २ बितिजोर बाल माविमा ६ कक्षामा अध्ययनरत प्रशान्त रैकामगर क्यानडाका विद्यार्थी साथीले पठाइदिएको उपहार सर–सफाइ सामग्री पाएर दंग छन् । साथीलाइ नदेखे पनि उपहार प्राप्त गरेकाले कस्तो होलान भनेर उनी जिज्ञासु बनेका छन् । भन्छन्, ‘चिन्दै नचिनेको साथीलाइ उपहार भनेर पठाइदिने पनि हुदा रहेछन्, ‘हेल्लो साथी तपाइलाइ भेट्ने मन छ ।’ वल्र्डभिजन मार्फत बालबालिकाहरुका लागि बाल प्रत्याभुत परियोजना स्पोन्सरशीप कार्यक्रम मार्फत पुलको भुमिका गरि आयआर्जनका लागि बाख्रा बितरण गरिएको रिलिफ नेपालका अध्यक्ष दुर्गा पौडेलले बतानु भयो । खाद्यान्ह, सफाइ सामग्री , उपहार, शिक्षण सामग्री, स्कुल व्याग लगाएतका विद्यार्थीहरुलाइ बितरण गरिएको छ, उहाँले भन्नु भयो ।