सिन्धुली– सिन्धुलीमा प्रहरीले वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ । मंगलबार अन्दाजी दिउँसो तिन बजेको समयमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा मरिण गाउँपालिका ६ स्थित सिरुटार जंगलमा सालको रुखको फेद नजिकै काठको ठुटो मुनि सेतो रङको कपडाले बेरेको अवस्थामा शंकाष्पद अवस्थामा भरुवा बन्दुक फेला पारेको हो ।
शंकाष्पद अवस्थामा भेटिएको बस्तु संयमित पुर्वक सावधानी अपनाई हेर्दा काठ र फलाम मार्फत बनेको पड्कन सक्ने किसिमको बारुद नभएको भरुवा बन्दुक एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार फेला पारेको बन्दुक स्थानियसँग सोधपुछ गर्दा आफुहरुलाई जानकार नभएको बताएका थिए ।
बेवारीसे अवस्थामा फेला परेकोले भरुवा बन्दुक एक थान स्थानियहरुको रोहवरमा रित पुर्वक बरामद गरी ईलाका प्रहरी कार्यालय कपिलाकोटबाटमा ल्याई सुरक्षितसँग राखिएको र थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।