शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा गाँजा खेति फडानी

बुधवार , माघ २६, २०७८

सिन्धुली– सिन्धुलीमा प्रहरीले गाँजा खेति फडानी गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी नायब निरिक्षक गोपी ब्लोनको कमाण्डमा खटिएको शसस्त्र प्रहरी सहितको बिशेष टोलिले गस्ति गर्दै जाने क्रममा अबैध रुपमा लगाएको गाँजा खेति फडानी गरेको हो ।

मरिण गाउँपालिका ं ३ बरूण, ईनारपानी क्षेत्रमा अबैध रुपमा लगाईएका गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार मरिण गाउँपालिका ३ बरूण, ईनारपानी क्षेत्रमा अबैध रुपमा लगाईएका गाँजा खेती अन्दाजी ३ कठ्ठा १० धुरमा फडाँनी तथा नष्ट गरिएको हो ।

प्रतिक्रिया