शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा दुइ फरार प्रतिबादि पक्राउ

बुधवार , माघ २६, २०७८

सिन्धुली– सिन्धुलीमा प्रहरीले दुइ फरार प्रतिबादिलाई पक्राउ गरेको छ । सार्वजनिक अपराध मुद्दामा ६ वर्ष देखि फरार रहेका मरिण गाउँपालिका १ का ३८ वर्षिय भिम बहादर वाईबा र बन पैदावार हानि नोक्सानि मुद्दामा ७ वर्ष देखि फरार रहेका मरिण गाउँपालिका ३ का कान्छामान थिङलाई प्रहरीले पक्राउ गरेको हो ।

भिम बहादर वाईबालाइ सार्वजनिक अपराध मुद्दा शिर्षकमा अदालतको ०७२ माघ १९ गतेको फैसल्ला आदेशले एक हजार जरिवाना तोकेको थियो । जरिवाना नबुझाइ फरार रहेका वाइबालाई मंगलबार विहान १० बजेको समयमा बाँदरे टोल स्थित गाऊँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

वाइबालाई पक्राउ गरि सिन्धुली अदालत बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । यस्तै कान्छामान थिङलाई बन पैदावार हानि नोक्सानि मुद्दामा अदालतको ०७१ चैत १७ गते भएको फैसलाले एक हजार जरिवाना तोकेको थियो ।

जरिवाना नबुझाइ फरार रहेका थिङलाई खोज तलासको क्रममा मंगलबार विहान साढे ११ बजेको समयमा धमिले बजारमा लुकिछिपी हिड्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । थिङलाई कार्वाहीको लागी सिन्धुली जिल्ला अदालत बुझाईएको प्रहरीले जनाएको छ

प्रतिक्रिया