शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा ३० महिने बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

सोमवार , माघ २४, २०७८

सिन्धुली – सिन्धुलीमा ३० महिने बालिका बलात्कृत भएकी छिन् । बलात्कारको गरेको आरोपमा १६ वर्षिय बालक पक्राउ गरेका छन् । जिल्लाको दुधौली नगरपालिकामा बालिकाको घरमा कोहि नभएको मौका छोपि छिमेकि बालकले गत पुष २९ गते बालिकालाई बलात्कार गरेको पिडित परिवारको जाहेरी अनुसार बालकलाई पक्राउ गरिएको हो ।

“घरमा कोहि नभएको मौका छोपि छिमेकि १६ वर्षिय बालकले बलात्कार गरेको पिडित परिवारले जाहेरी दिएपछि हामीले बालकलाई पक्राउ गरेका हौँ ,” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले भन्नुभयो । बालकलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

यस्तै गत पुष २७ गते जिल्लाको सुनकोशी गाउँपालिकाकी १५ वर्षिय बालिका बलात्कृत भएकि छिन् । बालिकालाई ललाई फकाइ गरि घर नजिकको खोलामा लगेर एक युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ । युवकलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक लामाले बताउनुभयो ।

जिल्लामा हाल बालिका बलात्कारको घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार चालु आर्थिक वर्षमा मात्र १६ जना १८ वर्ष भन्दा कम उमेरका बालिका बलात्कृत भएका छन् भने ५ जना बालिकालाई बलात्कारको प्रयास भएको छ । सोहि अवधिमा २ वटा बाल यौनदुव्यहारको मुद्धा दर्ता भएको नायव उपरिक्षक लामाले बताउनुभयो । चेतनाको कमि, आर्थिक अभाव, बढ्दो विश्वास लगाएतको कारण बलात्कारको घट्ना बढ्दै गएको अधिकारकर्मीहरुले बताएका छन् । साथै मोबाइलको गलत प्रयोग र इन्टरनेटको दुरुप्रयोगको कारणले पनि बलात्कारको घट्ना बढेको नायव उपरिक्षक लामाले बताउनुभयो । “सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेकोे देखिन्छ । बालिका तथा बृद्ध महिला समेत बलात्कारको सिकार बन्न पुगेका छन्, ” उहाँले भन्नुभयो ।

उहाँका अनुसार जिल्लामा बढी १२ देखि १८ वर्ष उमेर समुहका बालिका बढी बलात्कारको शिकार भएका छन् । आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबरजस्ती करणीका घटना हुने गरेको उहाँले बताउनुभयो । जिल्लामा ०७७÷७८ मा ३४ वटा जवरजस्तीकरणीका मुद्दा दर्ता भएको जिल्ला अदालतले जनाएको छ ।

प्रतिक्रिया