शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमलामाईका सामुदायिक विद्यालयमा बसको सेवा

आइतवार , माघ २३, २०७८

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा विद्यालय बस संचालन हुने भएको छ । सोमबारबाट नगर भित्रका सातवटा सामुदायिक विद्यालयमा एकैसाथ विद्यालय बस संचालन हुने भएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रदेश सरकारले कमलामाई नगरपालिका क्षेत्रमा मर्ज भएका ६ वटा सामुदायिक विद्यालयलाई बिद्यालय बस दिन लागेको नगरपालिकाले जनाएको छ । ढुंग्रेवासमा रहेको कमला माध्यामिक विद्यालय, फोश्रेटारमा रहेको जनज्योति माध्यामिक विद्यालय, माढीबजारमा रहेको गौमति माध्यामिक विद्यालय, सिलामेमा रहेको कमला जनज्योति मा.वि., मा.वि गडौली र पल्लो रामपुरमा रहेको कालिका माध्यमिक विद्यालयमा बस संञ्चालन हुन लागेको हो । प्रदेश सरकारले मर्ज भएका विद्यालयलाई २५ लाख रुपैँया बराबरको अनुदान सहयोग गर्ने निर्णय गरेको थियो । सोहि अनुसार मर्ज भएका ६ वटा बिद्यालयलाई २४ लाख ९५ हजार रुपैँया बराबरको ४२ सिटे गाडि प्रदेश सरकारले दिन लागेको नगर शिक्षा समितीका सदस्य तथा कमालामाई नगरपालिका शिक्षा महासंघका अध्यक्ष भिम विक्रम थापाले जानकारी दिनुभयो ।

बस सिप्रदीको कार्यालय ढल्केबरमा आई सकेको र सोमबार भित्र सबै बिद्यालयमा पुग्ने थापाले बताउनुभयो । मर्ज भएको विद्यालय मध्य निवुवाटारमा रहेको जनजागृति माध्यमिक विद्यालयले भने २५ लाख रुपैँया बराबरको आईसिटी ल्याव जडान गर्ने भएको छ ।

प्रतिक्रिया