सिन्धुली– फिल्म निर्देशक विश्वदिप घिमिरेमाथि सिन्धुलीको साइनिङ मुन विद्यालयका शेयर धनिले अमानविय व्यवहार गरेको भन्दै सास इन्टरटेन्मेन्ट सिनेमा प्रा.लिले विज्ञप्ति निकालेको छ । नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियानका सदस्य सचिव समेत रहेका सास इन्टरटेन्मेन्टका प्रोपाइटर तथा ‘सिन्धुलीगढी’ का निर्माता ठण्ड बहादुर अधिकारी (सास) द्वारा हस्ताक्षरित विज्ञप्तिमा घिमिरेलाई विद्यालयका शेयरधनिले धाक धम्की दिदैँ अमानविय व्यवहार गरेको उल्लेख गरिएको छ ।
राष्ट्रिय चलचित्र संरक्षण मञ्चका महासचिव, राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालका केन्द्रिय सदस्य, संस्कृती बचाऔँ राष्ट्रिय महाअभियानका प्रवक्ता र संस्कृति संरक्षण समाज नेपालका सचिव समेत रहनुभएका घिमिरेलाई सिन्धुली प्रहरी कार्यालयबाट फर्किने क्रममा दुव्र्यवहार भएको विज्ञप्तिमा जनाइएको छ । जिल्लाको कमलामाई नगरपालिका ५ स्थित मधुटारमा रहेको साइनिङ मुन एकेडेमिको जग्गा विवादको सहजिकरण गर्न प्रहरी कार्यालय पुग्नुभएका घिमिरेलाई कार्यालयबाट फर्किने क्रममा विवादित स्थानमा अमानवयि व्यवहार गरेको आरोप लगाइएको छ ।
‘जिल्ला प्रहरी कार्यालयमा आवश्यक कानुनबमेजिम गर्ने गराउने गरी सहमति पत्र तयार पारी दुवै पक्षहरुले साक्षीहरुको रोहबरमा सहिछाप गरि वातावरणको सहजीकरण गरेर फर्किदा विवादित स्थानमा पुनः मादक पदार्थ सेवन गरि धाकधम्की र सम्झौता बमोजिम अराजक प्रवृद्धि देखाइ नांगो नाच प्रस्तुत गर्ने, राजनीतिलिाई प्रयोग गरि व्यवसाय धन्दा चलाउने, गुणस्तरीय शिक्षा भन्दा सम्पत्तिलाई महान ठान्ने केहि व्यक्तिहरुद्वारा हाम्रो सम्मानित राष्ट्रिय व्यक्तिव चलचित्र निर्देशक घिमिरे प्रति गरिएको अमानविय व्यवहारको घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै, कार्वाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदैँ विज्ञप्तिमा ‘राष्ट्रिय व्यक्तिवलाई सम्मान गर्न नसक्ने स्कुलका शेयर धनि वा संचालकले शैक्षिक संस्था जस्तो पवित्र स्थानमा बस्ने कुनै नैतिकता नरहेको र यस्ता प्रवृत्तिबाट बालबालिकामा कस्तो मनौवैज्ञानिक असर पर्छ हेक्क राहनु पर्छ भन्ने वैज्ञानिक तथ्य पनि यससै प्रशे नोटद्वारा जानकारी गराउदछौँ’ उल्लेख गरिएको छ ।
यता, निर्देशक घिमिरेले आफू चलचित्र ‘सिन्धुलीगढी’ को निर्माणकालागि स्थान छनौट गर्न सिन्धुली पुग्दा विद्यालयका शेयरधनिले अमानविय व्यवहार गरेको आरोप लगाउनुभएको छ ।

