सिन्धुली – सिन्धुलीको गोलन्जोर गाँउपालिका वडा नं. ०७ खुर्कोट स्थित वि.पि. राजमार्ग सडक खण्ड बाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नियमितरुपमा सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा बर्दिवासबाट धुलीखेल तर्फ जादै गरेको चालक काठमाडाँैं जिल्ला काठमाडौं माहानगरपालिका वड नं. २६ सामाखुशी बस्ने बर्ष ३७ को चेतन कार्कीले चलाएको बागमती प्रदेश ०१–००३ क. ९१८२ नं. को युटुवरको (चेतन व्लग) आवरणको मिनि ट्रक लाई रोकी चेकजाँच तथा खानतलासी गर्दा निज चालक चेतन कार्कीले लगाएको खैरो रंगको ट्र्याकको दाहिने खल्तिबाट लागु औषध खैरो हिरोईन तौल गर्दा ४.१३० ग्राम र निजले चलाएको गाडी भित्र राखेको गोल्डेन रंगको गितारको कभरमा लागु औषध गाँजा तौल गर्दा ६.९४० ग्राम समेत फेला परेको हुदाँ चेतन कार्कीलाई गाडी सहित कानुन बमोजिम पक्राउ गरी लागु औषध मुद्दामा सम्मानित सिन्धुली जिल्ला अदालत सिन्धुलीबाट दिन ०७ को म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।