शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

विकासमा फड्को मार्दै सिन्धुलीको दुधौली

बिहिवार , माघ २०, २०७८

सिन्धुली – स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएपछि सिन्धुलीको दुधौली नगरपालिका विकासमा फड्को मारेको छ । वर्षाको समयमा दुधौली नगरपालिका हुर्दै बग्ने खहरे तथा नदिका कारण आवतजावत गर्ने नसकिने ठाउँमा हाल दजर्नौ पक्कि पुल निर्माण भएका छन् भने हिलामे र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक मरमत भएका छन् ।

नगरपालिका भित्रका पक्कि पुल, सडक कालोपत्रे, पीसीसी र ग्राभेल गर्ने कार्यसँग नगरपालिकाको मुहारनै फेरिएको छ । स्थानिय सरकार आएसँगै दुधौली नगरपालिका विकासमा फड्को मारेका दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले बताउनुभयो । “पहिलो टोल­टोल बस्तिमा बाटो थिएन । अहिले सबै टोल बस्तिमा मोटरबाटो पुगेको छ ,” मेयर राउतले भन्नुभयो । उहाँका अनुसार नगरपालिकाको मुख्य सडकदेखि सहायक सडकको यतिबेला स्तरोन्नति गर्ने काम भइरहेको छ । यहाँका सबै वडामा अहिले धमाधम सडक र नाली निर्माण भईरहेको छ ।

नगरपालिका भित्रको कमला नदिमा पाँच वटा पक्कि पुल निर्माण भइसकेको छन् । यस्तै विचित्र खोलामा दुई वटा पक्कि पुल निर्माण भएका छन् । कम्रा खोलामा पनि दुइ एउटा पक्कि पुल निर्माण भइसकेको छ भने अर्को पुल निमार्णधिन रहेको छ । साथै नगरभित्रको तावा खोला, ककुर, टाकुर, तम्निमा, दुधौली खोला र गागन खोलमा एक­एक वटा पक्कि पुल निर्माण भइसकेका छन् ।

निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धताअनुसारका नगरपालिका भित्रका मुख्य र सहायक सबै सडक र नाला पक्की गर्ने साथै पुल निर्माणको कार्य सम्पन्न भएको मेयर राउतले बताउनुभयो । उहाँले अनुसार नगरपालिकाले जन चाहना र आवश्यकताका आधारमा नगरपालिकाभित्रका मुख्य र सहायक सडक नाला पुनःनिर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभयो ।

दुधौली बजार क्षेत्रमा दुइ लेन सडक निर्माण सुरु भएसँगै बजारको रुप पनि फेरिँदैछ । अहिले दुधौली नगरपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भइसकेका छन् भने केही सडक स्तरोन्नति गर्ने कार्य भइरहेको मेयर राउतले बताउनुभयो । नगरपालिकाले अघि सारेका विकास निर्माणका सबैजसो योजना समयमै सम्पन्न भएकाले नगरपालिकामा विकास देखिएको प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद काफ्लेको भनाइ छ । वर्षामा नगरबासीले डुबानको समस्या खेप्न नपर्ने गरी निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको नगरप्रमुख राउतले दाबी गर्नुभयो ।

 

प्रतिक्रिया