शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीको सडकमा टिकटक बनाइराख्दा मोटरसाईकलले ठक्कर दिएपछि...

शनिवार , माघ १५, २०७८

सिन्धुली– सिन्धुलीमा शनिबार मोटरसाइकलले ठक्कर दिँदा एकजना महिला गम्भिर घाइते भएकी छिन् । कमलामाई नगरपालिका ९ बतासे स्थित मदन भण्डारी राजमार्गको छेउमा बसेर टिकटक बनाईरहेकी भोजकुमारी बराल कार्कीलाई मोटरसाईकलले ठक्कर दिदा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिका चुरेकि ३० वर्षिया कार्कीलाई काठमाडौँबाट दुधौलीतर्फ जादै गरेको प्रदेश १–०५–००१ प. ४३७१ नम्बरको मोटरसाईकलले ठक्कर दिएको हो । घाइते कार्कीलाई भिमान पोलिक्लिनिकमा सामान्य उपचार पश्चात हेलिकोप्टरमार्फत काठमाडौँको मेडिसिटि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक कमलामाई नगरपालिका १३ का २१ वर्षिय मनोज मगरलाई ईलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया