शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा ट्युमर पिडितलाई सहयोग

शुक्रवार , माघ १४, २०७८

सिन्धुली– नेपाल रेडक्रम सोसाइटी हतपते शाखाले ट्युमर पिडितलाई रकम संकलन गरि हस्तान्तरण गरेको छ । दुधौली नगरपालिका २ भलुवाहीका चिरञ्जीवी तिमल्सिनाको छोरीको ढाडमुनिको ट्युमर र राम सापकोटाको ब्रेन ट्युमरको उपचारकालागि रेडक्रसले रकम संकलन गरि शुक्रबार सहयोग गरेको हो ।

रेडक्रसले तिमल्सिनाको उपचारकालागि दुई लाख सात हजार र सापकोटाकालागि एक लाख रकम सहयोग गरेको उपचार अभियानका संचालनकर्ता टंक प्रसान तिमल्सिनाले बताउनुभयो । ट्युमर पिडितद्वयको उपचारकालागि कमल भुजेलले दुई लाख ३७ हजार, अभियान संचालनकर्ता तिमल्सिनाले पाँच हजार, राजन काफ्ले ‘यदु’ र कुलदिप रानाले १० हजार, प्रेम तामाङले एक हजार, यमन क्षेत्रीले १५ सय पचास, मुरारी भण्डारीले दुई हजार पाँच सय, बाल स्वास्थ्यकालागि साझेदारी नेपाल, नवरपरासीकले ४० हजार, रेडक्रस हतपते शाखाले ७ हजारको एम्बुलेन्स छुट सहित जगेडा कोषबाट ७ हजार ५० गरि कुल ३ लाख १४ हजार ५० रुपैँया संकलन गरिएको अभियान संचालनकर्ता तिमल्सिनाले जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया