शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीकि कुँवर राष्ट्रिय सभा सदस्यमा पराजित

बुधवार , माघ १२, २०७८

सिन्धुली– सिन्धुलीबाट निर्वाचित पुर्व सभासद एवं नेकपा एमालेकि केन्द्रिय सदस्य निर कुमारी कुँवर (नीरु दर्लामी) राष्ट्रिय सभा सदस्यमा पराजित हुनुभएको छ । कुँवरलाई सत्ता गठबन्धनका उम्मेद्वारले पराजित गरेका हुन् । बागमती प्रदेशको सत्ता गठबन्धनका दुवै उमेद्वार विजयी भएका छन् । महिलातर्फ नेकपा एकीकृत गोमादेवी तिमल्सिना र अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

महिलातर्फ तिमल्सिना ४८२४ मतभारले विजयी भएको सहायक मतदान अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो । उहाँको निकटतम प्रतिष्पर्धी कुँवरले चार हजार ३६२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, अन्यतर्फ पौडेलले चार हजार ७९४ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी गोपाल शाक्यले चार हजार ३४४ मत प्राप्त गरेको पोखरेलले बताउनुभयो । दुईवटै क्लस्टरमा ६ जनाको उमेदवारी परेको थियो ।

को हुन् निरु ? : निरु सहिद एवं तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय सदस्य शेरमान कुँवर (विशाल)को श्रीमति हुनुहुन्छ । उहाँ माओवादी केन्द्र र एमालेको फुटपछि माओवादीबाट नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँको श्रीमानलाई २०६१ सालमा रोल्पाको थवाङमा भएको पार्टीको केन्द्रीय समिति बैठकबाट कार्यक्षेत्र फर्किदै गर्दा धनुषाको धनछवारमा सेनाले घर घेरा हालेर कायतापूर्ण हत्या गरेको थियो । त्यतिबेला बैकल्पिक केन्द्रीय सदस्य मोहन चन्द्र गौतम (कुमार)लाई तत्कालीन नेकपा माओवादी पार्टीले सोलुखुम्बु र ओखलढुंगा जिल्ला इन्चार्जको जिम्मेवारी सुम्पेको थियो भने शेरमान कुँवरलाई सेनाको पूर्बि कमाण्डको जिम्मेवारी सुम्पेको थियो । २०६१ भदौ २० गते मोहनचन्द्र गौतम कुमार र शेरमान कुँवरलाई धनुषाको धनछवारमा सेल्टर लिएको घरमा सेनाले घेरा हाली एकै ठाउँमा हत्या गरेको थियो । निरुले जनयुद्धमा श्रीमान सहित छोरी निशा कुँवरलाई पनि गुमाउनु परेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया