सिन्धुलीमा पछिल्लो समय वित्तिय जानकारीको अभावका कारण नागरिक ठगिएका छन् । जिल्लाको सुगम क्षेत्रमा गनिने सदरमुकाम सिन्धुलीमाढीमै पनि वित्तिय साक्षरता छैन । अहिले पनि चर्को ब्याजमा सर्वसाधरण फस्नुपरिरहेको छ । संघीयता आएसँगै गाउँगाउँमा वित्तिय संस्था खोल्ने क्रम बढेको छ । महिलाहरु सहकारीमार्फत जोडिएर वित्तिय जानकारी लिइरहेका छन् । तर, झन्झटिलो प्रक्रिया र सहकारी लगायत बैंकले विभिन्न कारण देखाएर अल्झाइदिदा सर्वसाधरण मिटरब्याजी ऋण लिन बाध्य छन् । मुख्यतः जिल्लाका दुर्गम स्थानिय तहमा वित्तिय असाक्षरताका कारणकेहि टाठाबाठाले सोझासाझा नागरिकलाई विभिन्न जालझेल गरि फसाइरहकेो अवस्था छ । वित्तिय साक्षरताकालागि जिल्लामा कार्यक्रम नभएका होइनन् । तर, ती कार्यक्रम व्यवहारीक हुन सकिरहेको छैन । तसर्थ, वित्तिय साक्षरतालाई प्राथमिकतामा राखेर नागरिकलाई पर्याप्त जानकारी दिन सरोकारावाला निकाय थप अग्रसर हुन आवश्यक छ ।
जिल्लामा रोजगारीको समस्या छ । उद्यम गर्नकालागि पुजिको खाँचो पर्दछ । सरकार लगाय वित्तिय संस्थाले पुजि वितरणकालागि विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको छ । तर, भित्रि गाउँहरुमा वित्तिय जानकारीको अभावका कारण नागरिक त्यस्का कार्यक्रमबाट लाभान्वित हुन सकिहरेका छैनन् । अतः वित्तिय साक्षरतालाई प्राथमिकतामा राखेर स्थानिय तह लगायत सरोकारवाला निकायले काम गर्न आवश्यक छ ।