सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिकामा मंगलबार ट्रयाक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ । दुधौली नगरपालिका ८ संखटार स्थित मदन भण्डारी राजमार्गमा कटारीबाट दुधौली तर्फ आउदैँ गरेको ट्रयाक्टरमा सवार २१ वर्षिया रोहित सदाको लडेर मृत्यु भएको हो । बालुवा बोकेको ना ६ त ६७६० नम्बरको ट्रयाक्टरबाट अचानक लड्दा सदाको ढाँड र बाँया खुट्टामा चोट लागी घाइते भएका थिए । उपचारकालागि सिन्धुली अस्पताल ल्याउने क्रममा बाटोमानै उनको मृत्यु भएको थियो । हाल उनको शव जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीले ट्रयाक्टरसहित चालक ताराचन बुढाथोकिलाई नियन्त्रणमा लिएको छ ।