सिन्धुली– सिन्धुलीको तिनपाटन गाउँपालिकाले कृषकलाई आलुको बिउ बितरण गर्ने भएको छ । तिनपाटन गाउँपालिका कृषि शाखाको आर्थिक बर्ष २०७८\७९ को बाषिक गाउँ सभाबाट स्वीकृत पहिलो चौमासिक कार्यक्रम अनुसार गाउँपालिकाको कृषि शाखा केन्द्रबाट ५० प्रतिशत अनुदानमा वडा नम्बर ७ र ८ का कृषकलाई रोजिटा जातको आलुको बिउ बितरण गर्न लागेको गाउँपालिकाले सोमबार एक सुचना निकालेर जानकारी दिएको हो ।
आलुको बिउँ लिन चाहाने ईच्छुक कृषक समुह, कृषि सहकारी तथा कृषकहरुले सुचना प्रकाशन भएको ७ दिन भित्र कृषक समुह सहकारीको हकमा आलुको बिउ माग गरेको निर्णय, निबेदन, प्रतिलिपि दर्ता प्रमाण पत्र, कृषकको हकमा आलुको बिउ माग गरेको निर्णय, नागरिकता, जग्गाधनी पुर्जाको प्रतिलिपि, आलुको पुरा मुल्य ६० भएको हुनाले कृषकले अगाडी नै ५० प्रतिशत रकम अर्थात ३० रुपैया जम्मा गरि नजिकको कृषि प्राबिधिक, गाउँपालिकाको कृषि शाखा तथा वडा कार्यालयमा सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।